रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ « Khabarhub

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ


१९ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् ।

उनले रूस–युक्रेन युद्धबारे भारतको सन्देश दिका छन् । मोदीले भने, ‘भारत निष्पक्ष छैन। भारत शान्तिको पक्षमा छ।’

मोदीले पुटिनसँग युद्ध तत्काल अन्त्य हुनुपर्ने बताउँदै यसको समाधान केवल संवाद र कूटनीतिक प्रयासबाट सम्भव हुने बताए। उनले भने, ‘दुनियालाई फेरि शान्तिको जरुरत छ। भारत शान्तिका सबै प्रयासको समर्थन गर्छ।’

पुटिनले पनि रूस शान्तिपूर्ण समाधानका लागि काम गरिरहेको जिकिर गरे। दुवै नेताबीच हैदराबाद हाउसमा भएको बैठकपछि केही बेरमै २३औँ भारत–रूस शिखर सम्मेलन सुरु हुनेछ। दुवै देशबीच २५ भन्दा धेरै समझौतामा हस्ताक्षर हुने अपेक्षा छ।

यसअघि आज विहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा पुटिनलाई २१ तोपको सलामी र गार्ड अफ अनर प्रदान गरिएको थियो। त्यहाँबाट उनी राजघाट पुगे र महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गरे।

मोदीले पुटिनको उच्च प्रशंसा गरे। उनले भने, ‘म पुटिनलाई २५ वर्षदेखि चिन्छु। भारत–रूसको मित्रता यस कुराको उदाहरण हो कि दूरदर्शी नेतृत्वले सम्बन्धलाई कसरी बलियो बनाउन सक्छ।’

मोदीले पुटिनको नेतृत्व र दृष्टिकोणले दुवै देशबीचको भरोसा र सहकार्य अझ मजबुत बनेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८२, शुक्रबार  १ : १८ बजे

लुम्बिनीले इनिङको पहिलो बलमै गुमायो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भए कृष्णप्रसाद यादव

जनकपुरधाम- नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशको

स्थानीयले बन्द गरे बालाजु बाइपास सडक (तस्बिरहरू)

काठमाडौं– एक महिना अघि काठमाडौं महानगरपालिका सडक खनेर अलपत्र गरेसँगै

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो सिजनको पच्चिसौँ खेलमा अहिले

प्रतिनिधिसभा निर्वाचनका लागि अब ९० दिन बाँकी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि