आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर) « Khabarhub

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु भित्र्याउन व्यस्त छन्। असोजको पहिलो हप्ता रोपेको आलु अहिले भित्र्याउने समय भएको हो।

सो क्षेत्रका किसानले वर्षमा दुईपटकसम्म आलु उत्पादन गर्ने गर्दछन्। आलुमा अझै पूर्णरुपमा नेपाल आत्मनिर्भर बन्न सकेको छैन। पछिल्लो पाँच वर्षको तथ्यांक अनुसार हरेक वर्ष ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको देखिन्छ। 

नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१ देखि ३५ लाख मेट्रिक टन रहेको र वार्षिक माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन रहेको छ।

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपत हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स र फिंगर चिप्स बनाउन आलुको प्रयोग हुन्छ। 

तस्बिरः नेपाल फोटो लाइब्रेरी।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : ३९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि