इजरायली रक्षा कम्पनीका सीईओले भारतलाई दिए ‘बलियो साझेदार’ को संज्ञा « Khabarhub

इजरायली रक्षा कम्पनीका सीईओले भारतलाई दिए ‘बलियो साझेदार’ को संज्ञा


१६ मंसिर २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायली रक्षा उद्योगका प्रमुख कार्यकारीले भारतलाई सबैभन्दा बलियो साझेदारको संज्ञा दिएका छन् । इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई) का प्रमुख कार्यकारी अधिकृत बोआज लेभीले भारतलाई आफ्नो कम्पनीको सबैभन्दा बलियोमध्येको साझेदारको संज्ञा दिएका हुन् ।

उनले रक्षा विकासमा जारी सहकार्यमा भारतको भूमिकाको प्रसंशा गर्दै दुई मुलुकबीच कायम बलियो साझेदारी कायमै रहने विश्वास व्यक्त गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार उनले भारतले भविष्यमा रक्षा उपकरण प्राप्तिसम्बन्धी गर्ने कुनै पनि निर्णयलाई समर्थन गर्ने पनि उल्लेख गरेका छन् । हाल भारत र इजरायलले मानवरहित हवाइ उपकरण (ड्रोन) को विकासमा साझेदारी गरिरहेको भन्दै उनले भविष्यमा पनि सहकार्यलाई जारी राख्ने जनाए ।

उनले बाराक एमएक्स, हेरोनजस्ता महत्वपूर्ण ड्रोन प्रणालीको विकासमा भारतसँग पनि सहकार्य भइरहेको बताएका छन् । भारतले पाकिस्तानी भूमिमा रहेका आतङ्ककारी पूर्वाधारलाई लक्षित गरी सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा हेरोन ड्रोनको सफलतापूर्वक प्रयोग गरेको थियो ।

भारतले इजरायलसँग थप परिमाणमा हेरोन ड्रोन खरिद गर्ने तयारी गरिरहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ३ : २४ बजे

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु