माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा « Khabarhub

माओवादी कार्यालयमा जनार्दनले फहराए प्रगतिशीलको झण्डा


२१ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहजिल्ला रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणसँगै नेता जनार्दन शर्माले कार्यालय खोलेका छन् ।

उनले रुकुम पश्चिमस्थित नेकपा माओवादी केन्द्रको कार्यालयमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका छन् ।

नयाँ दल गठनपछि पहिलोपटक आइतबार गृहजिल्ला पुगेका जनार्दन शर्मालाई पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपाका कार्यकर्ताले रोक्ने कोसिस पनि गरे ।

माओवादी कार्यकर्ताको अवरोधबीच उनले रुकुम पश्चिमस्थित साविक नेकपा मओवादी केन्द्रको कार्यालयमा प्रगतिशील लोकतान्त्रिक पार्टीको झण्डा फहराएका हुन् ।

त्यहाँ दुई पक्षबीच उक्त कार्यालयले प्रगतिशीलले प्रयोग गर्ने सहमतिपछि नेता शर्माले माओवादीको कार्यालयमा प्रगतिशीलको झण्डा फहराएका हुन् ।

अब उक्त भवनलाई प्रगतिशील लोकतान्त्रिकले उपयोग गर्नेछन् । रुकुम पश्चिम शर्माको बलियो पकड भएको जिल्ला हो । जहाँबाट शर्माले निरन्तर संसदीय चुनाव जितिरहेका छन् । अब नयाँ दल खोलेपछि फागुन २१ मा हुने चुनावमा उनले के गर्लान् भन्ने अनुमान थालिएको छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ४ : २२ बजे

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको