भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि « Khabarhub

भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि


१८ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा खाद्यान्न उत्पादनमा ऐतिहासिक वृद्धि भएको छ । सन् २०२५ मा भारतले कीर्तिमानी ३५ करोड ७० लाख टन खाद्यान्न उत्पादन गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनाएका छन् ।

यसलाई उनले भारतीय कृषि क्षेत्रको वृद्धिमा महत्वपूर्ण कोशेढुङ्गाको संज्ञा पनि दिएका छन् । रेडियो कार्यक्रम ‘मनकी बात’ मा कुरा गर्दै उनले पछिल्लो एक दशकमा मुलुकको खाद्यान्न उत्पादनमा १० करोड टनको वृद्धि भएको पनि उल्लेख गरे ।

यसबाट खाद्यान्नमा आत्मनिर्भर हुने दिशामा भारतले महत्वपूर्ण प्रगति गरिरहेको पुष्टि हुने उनको भनाइ छ । उनले देशका युवा र दक्ष जनशक्तिले प्राकृतिक कृषिको क्षेत्रमा सहभागिता जनाइरहेकोमा सन्तोष पनि व्यक्त गरे ।

यसअघि गत नोभेम्बर १९ मा प्रधानमन्त्री मोदीले लाभग्राहीहरुलाई तामिल नाडुको कोइम्बटोरमा प्रधानमन्त्री किसान सम्मान निधि कार्यक्रमको २१ औँ किस्ता प्रदान गरेका थिए । त्यस क्रममा उनले स्थानीय किसानसँग अन्तक्रिया गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८२, बिहीबार  ६ : १५ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने