काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँगको साझेदारी कुनै तेस्रो पक्षविरुद्ध नरहेको प्रष्ट्याएका छन् । भारत भ्रमणका क्रममा राष्ट्रपति पुटिनले यस्तो बताएका हुन् ।
आजतक र इण्डिया टुडेसँगको संवादका क्रममा उनले अमेरिका वा कुनै तेस्रो पक्षविरुद्ध रुसले भारतसँग साझेदारी नगरेको प्रष्ट्याएका हुन् । संवादका क्रममा उनलाई हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लागू गरेको भन्सार शुल्क नीति तथा त्यसले भारत र रुसलाई पार्ने प्रभावबारे प्रश्न गरिएको थियो ।
जवाफमा उनले आफूले हावा तालमा कुनै निर्णय नगर्ने र आफ्ना सल्लाहकारका सल्लाहमा आफ्नै नीति सञ्चालन गर्ने बताए । उनले अमेरिकी भन्सार शुल्क नीतिका कारण जोखिम उत्पन्न भएपनि हरेक मुलुकको नेतृत्वलाई आफ्नो देशको हितमा निर्णय गर्ने अधिकार रहेको उल्लेख गरे ।
आफूहरुले यस्तो अभ्यास नगर्ने बताउँदै राष्ट्रपति पुटिनले रुसी अर्थतन्त्र खुला रहेको बताए ।













प्रतिक्रिया