काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा एचआईभी सङ्क्रमितको अवस्था भयावह रहेको पाइएको छ । खैबर पख्तुनख्वा प्रान्तमा ४० हजारभन्दा धेरै एचआईभी सङक्रमित रहेको तथ्याङ्क सार्वजनिक भएको हो ।
प्रान्तीय एड्स नियन्त्रण कार्यक्रमका निर्देशक डा. तारिक हयात ताजले यसबारे जानकारी दिए । उनका अनुसार एचआईभी सङ्क्रमितको सङ्ख्या उच्च रहेपनि आधिकारिक रुपमा केबल ९ हजार ८ सय जना मात्रै एचआईभी सङ्क्रमित दर्ता भएका छन् ।
एचआईभी र सङ्क्रमितबारे सामाजमा नकारात्मक दृष्टिकोण रहेकाले पनि यसको नियन्त्रण चुनौतिपूर्ण रहेको उनको भनाइ छ । प्रान्तीय स्वास्थ्य अधिकारीका अनुसार हरेक दिन प्रान्तमा १५ देखि २० जना नयाँ एचआईभी सङ्क्रमित देखा पर्ने गरेका छन् ।
असुरक्षित स्वास्थ्य अभ्यास, धामी झाक्री र अन्य पुरातन उपचार पद्दति, गल्ली गल्लीमा खोलिएका अवैधानिक क्लिनिकजस्ता कारणले पनि यसको नियन्त्रणमा समस्या उत्पन्न भएको उनले बताए । त्यसबाहेक असुरक्षित यौन सम्पर्क, निर्मलीकरण नगरी सिरिन्जको प्रयोगजस्ता कारणले यसको एचआईभीको विस्तार भइरहेको उनको भनाइ छ ।













प्रतिक्रिया