काठमाडौं- जनसङ्ख्या बढाउने प्रयास गरिरहेको चीनले गर्भनिरोधक सामग्रीमा कर बढाउने भएको छ । अब चीनमा कण्डमजस्ता सामानमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने भएको छ ।
नयाँ कर आगामी जनवरी महिनादेखि लागू हुनेछ । यसका लागि चीनले मूल्य अभिवृद्धि करको नियमनै परिवर्तन गरेको छ । यसअघि चीनले एक सन्तान नीतिमा बढि जोड दिएका कारण परिवार नियोजन र जन्म नियन्त्रणका साधनमा ठूलो अनुदान दिँदै आएको थियो ।
ब्लूमबर्गका अनुसार चीनले जन्मदर बढाउन परिवार नियोजनका सामग्रीमा कर वृद्धि गर्नुका साथै परिवार शुरु गर्न चाहनेहरुलाई आर्थिक सहायताका कार्यक्रम पनि अघि सारेको छ ।
नयाँ नियम अनुसार बालबालिकाको हेरचाह गर्ने नर्सरी र शिशु कक्षा सञ्चालन गर्ने शिक्षालयमा लाग्दै आएको कर पनि घटाइनेछ । तीन वर्षयता लगातार चीनको जनसङ्ख्यामा गिरावट आएको छ ।
चीनमा सन् २०२४ मा केबल ९५ लाख ४० हजार बच्चाको जन्म भएको थियो । सन् २०१६ मा यो सङ्ख्या १ करोड ८० लाख रहेको थियो ।













प्रतिक्रिया