कुन राशिले कुन समयमा सवारी खरिद गर्ने ? राशि अनुसारको टिप्स « Khabarhub

कुन राशिले कुन समयमा सवारी खरिद गर्ने ? राशि अनुसारको टिप्स


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

दैनिक जीवनमा आजकल सवारी साधनको निकै महत्व हुने गर्दछ । सवारी साधन बिना कामकाजी ब्यक्तिलाई निकै कठिनाई हुने गर्दछ ।

सवारी साधनको सुख शुद्ध रूपमा शनि र शुक्रमा निर्भर हुन्छ । शनिको कृपा नभएका राशिका ब्यक्तिले सवारी खरिद गरेमा यसले अनावश्यक तनाव बढाउँछ । साथै सवारी साधनको सुखमा शुक्रको योगदान हुने भएकाले शुक्र सही भएको बेलामा मात्र यसको खरिद गर्न सकिन्छ ।

सवारीको सुखमा मंगल र राहु बाधाकारक मानिन्छन् । यी कारकलाई समयमा निराकरण नगरेमा व्यक्तिलाई सवारीका कारण दुखः बेहोर्नु पर्ने हुनसक्छ । राशि अनुसारको सवारी साधनको समस्या निराकरण गर्ने उपाय निम्नानुसार छन् :

मेष लग्न

मेष लग्नका ब्यक्तिलाई सवारीको योग र सुख दुबै हुने गर्दछ । यी लग्नका ब्यक्तिलाई नीलो रंगको सवारी लाभदायक हुन्छ । सवारी साधनका कारण कुनै सास्ती बेहोर्नु भएको छ भने मेष लग्नका ब्यक्तिले सवारीमा हनुमानको चित्र वा प्रतिमा राखेमा यो फलदायी हुनेछ ।

वृष लग्न

अधिकाशं वृष लग्नका ब्यक्ति सवारी साधनको खराबी र यसको गडबडीका कारण तनाव झेल्नु पर्ने हुन्छ । यी लग्नका ब्यक्तिले सेतो रंगको सवारी साधनको खरिद गरेमा यसले लाभ दिन्छ । सवारीमा शिवजी चित्र वा प्रतिमा लगाएमा लाभदायक हुनेछ ।

मिथुन लग्न

मिथुन लग्नका ब्यक्तिले एक पटक खरिद गरेको सवारी साधन फेर्नु अघि निकै विचार गर्नुपर्छ । किनेको सवारी प्रयोगमा आउन्जेल यसको प्रयोग गर्नुपर्छ । यी लग्नका ब्यक्तिलाई क्रिम वा हरियो रंगको सवारी उत्तम हुन्छ । सवारीमा हुने समस्या निराकरणका लागि गणेशको स्थापना गर्नु पर्दछ ।

कर्कट लग्न

कर्कट लग्नका ब्यक्तिलाई राम्रो सवारीको उपयोग गर्ने योग हुन्छ । यी लग्नका ब्यक्तिलाई सेतो वा रातो रंगको सवारी अनुकूल रहन्छ । सवारीमा आउने समस्या निराकरणका लागि हनुमानको स्थापना उत्तम हुन्छ । यी लग्नका ब्यक्तिले चाबीमा समेत हनुमानको चित्र राख्नु उत्तम हुन्छ ।

सिंह लग्न

सिंह लग्नका ब्यक्तिलाई सवारीको समस्या भइरहन्छ । यी लग्नका ब्यक्तिले खैरो वा मधुरो रंगका सवारी साधनले लाभ दिन्छ । सवारीमा हुने समस्या निराकरणका लागि गायत्री मन्त्र लेखेर सवारीमा लगाउनु पर्दछ । सवारी चलाउँदा गायत्री मन्त्रको जाप गरे पनि लाभदायक रहन्छ ।

कन्या लग्न

कन्या लग्नका ब्यक्तिलाई प्रायः सवारी साधनको सुख योग रहन्छ । यी लग्नका ब्यक्तिलाई सेतो वा नीलो रंगको सवारी लाभदायक हुन्छ । सवारीमा आउने समस्या निराकरणका लागि भगवान कृष्णको प्रतिमा वा चित्र सवारीमा राखेमा यसले लाभ दिन्छ ।

तुला लग्न

तुला लग्नका ब्यक्तिलाई सवारीको योग निकै लाभदायक हुन्छ । यी लग्नका ब्यक्तिलाई कालो वा निलो रंगको सवारी साधन फाप्ने गर्दछ । सवारीमा समस्या आएको खण्डमा सवारीको अगाडि साना स्वस्तिक चिन्हको प्रारुप राख्नाले लाभ दिन्छ ।

वृश्चिक लग्न

वृश्चिक लग्नका ब्यक्तिलाई सवारी साधनको सुख औसत मात्र हुन्छ । यी लग्नका ब्यक्तिलाई सेतो रंगको सवारी निकै फाप्ने गर्दछ । सवारीमा आउने समस्या निराकरणका लागि वहानमा शिवजी चित्र वा प्रतिमा राख्नुपर्दछ ।

धनु लग्न

धनु लग्नका ब्यक्तिलाई विवाहपछि मात्र बाहानको सुख योग राम्रो हुन्छ । यी लग्नका ब्यक्तिलाई रातो वा सिल्भर रंगको सवारी निकै फाइदाजनक हुने गर्दछ । सवारीमा हनुमान चालिसा राख्नाले सवारीको समस्याबाट लाभ मिल्ने गर्दछ ।

मकर लग्न

मकर लग्नका ब्यक्तिले सवारी खरिद गर्नु पूर्व निकै सावधानी अपनाउनु पर्छ । रातो वा नीलो रंगको सवारी खरिद गरेमा मकर लग्नका ब्यक्तिलाई फाप्ने गर्दछ । सवारीमा श्रीकृष्णको विग्रह वा प्रतिमा राख्नाले सवारीको समस्या निराकरण हुनेछ ।

कुम्भ लग्न

अधिकाशं कुम्भ लग्नका ब्यक्तिलाई आफ्नोभन्दा पनि अरुको सवारी लाभदायक रहन्छ । विवाहपछि मात्र यी लग्नका ब्यक्तिले सवारी खरिद गर्नु उत्तम हुन्छ । यी लग्नका ब्यक्तिलाई नीलो, सेतो वा खैरो रंगको बहान फाप्ने हुन्छ । सवारी साधनमा आउने समस्या निराकरणका लागि शिवजीको चित्र लगाउँनु पर्दछ ।

मीन लग्न

मीन लग्नका ब्यक्तिले सेकेण्ड हैन्ड सवारी साधन खरिद गर्नु हुँदैन । अन्यथा यसले निकै समस्या निम्त्याउने गर्दछ । सुनौलो, पहेलो वा सेतो रंगको सवारीले फाप्ने गर्दछ । सवारीमा समस्या आएमा हनुमानजीको चित्र राखेमा यसले समस्या हटाउने गर्दछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ६ : १६ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन