डीभी भर्नका लागि अन्तिम हप्तासम्मै नकुर्न अमेरिकी सरकारको अनुरोध | Khabarhub Khabarhub

डीभी भर्नका लागि अन्तिम हप्तासम्मै नकुर्न अमेरिकी सरकारको अनुरोध


४ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले  सन २०२१ का लागि खुलाएको डीभी लोटरी भर्नेको भीड बाक्लो छ ।

अमेरिकाले डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरेपछि राहदानी लिनहरुको लाइन पनि उत्तिकै छ । डीभी भर्ने समयसीमा नजिकिँदै गएपछि भीड बढेको हो ।

अमेरिकी सरकारले डीभी समयमै भर्न समेत सुझाएको छ । आवेदकहरूलाई आफ्नो आवेदन भर्न दर्ता अवधिको अन्तिम हप्तासम्म नकुर्न अमेरिकी सरकारले विशेष अनुरोध गरेको हो ।

डीभी भर्ने समयसीमा नेपाली समयअनुसार नोभेम्बर ५ ( कार्तिक १९ गते) मंगलबार बेलुका पौने १० बजेसम्म डीभी लोटरी भर्न सकिनेछ ।

यसपटक डीभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डीभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ ।

पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने जनाइएको छ ।

यसपटक डीभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् ।

डीभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डीभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डीभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  ७ : ०३ बजे

हलेसी तुवाचुङमा उत्कृष्ट हुने विद्यार्थी तथा विद्यालयलाई नगद पुरस्कार

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)सहित विभिन्न कक्षाको

भुटानविरुद्ध फराकिलो जितसहित सेमिफाइनलमा नेपाल, रौनकको शानदार शतक

काठमाडौं- रौनक श्रीवास्तवले शानदार शतक बनाएसँगै नेपालले भुटानविरुद्ध २९८ रनको

एक हजार ७४ किलो गाँजासहित चार जना पक्राउ

मकवानपुर– कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित

बल्छीले घोषणा गरे फिल्म ‘गोबर गणेश’, नायिका वर्षा, नायक को ?

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्बेले फिल्म निर्देशनमा

स्पेनमा अल्पविकसित मुलुकहरूको बैठक : अध्यक्षता गरे प्रधानमन्त्री ओलीले

सेभिया (स्पेन)- विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गत अल्पविकसित मुलुकहरूको