चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई चिनियाँ पक्राउ « Khabarhub

चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई चिनियाँ पक्राउ


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनतर्फ न्भिडियाका चिप्स तस्करीको आरोपमा अमेरिकामा दुई जना चिनियाँ पक्राउ परेका छन् । अमेरिकाको न्याय मन्त्रालयका अनुसार चीनतर्फ चिप्स तस्करी गरेको आरोपमा दुई जना चिनियाँ पुरुषलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुमाथि चीनतर्फ एच१०० र एच२०० चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अभियोजनकर्ताहरुले फानयुए गोङ र बेनलिन युआनलाई पक्राउ गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका ४३ वर्षीय फानयुए चिनियाँ नागरिक रहेको जनाइएको छ । त्यसैगरी, ५८ वर्षीय बेनलिन चिनियाँ मूलका क्यानाडेली नागरिक हुन् ।

उनीहरुले हङकङमा रहेको लजिस्टिक कम्पनीका कामदारसँग मिलेर ती चिप्स चीनमा रहेको एआई प्रविधि कम्पनीलाई पुर्‍याउने षड्यन्त्र गरेको आरोप लगाइएको छ । हाल अमेरिकाले चीनतर्फ उच्च क्षमताका चिप्स निर्यातमा बन्देज लगाएको छ ।

फानयुएले खुद्रा कारोबारी तथा मध्यस्थकर्तासँग ती चिप्स खरिद गरेका थिए । उनले ती चिप्स थाइल्याण्ड र ताइवानमा रहेका अमेरिकी ग्राहकलाई पठाउने भनेर दस्तावेज तयार पारेका थिए ।

ती चिप्सहरु अमेरिकाका विभिन्न गोदाममा राखिएको थियो । ती गोदाममा चिप्समा राखिएको लेबल हटाएर झूठो कम्पनीको नाम टाँसिएको थियो । न्भिडियाको लेबल हटाएर अर्कै कम्पनीको लेबल टाँस गरिएका ती चिप्स निर्यातका लागि तयार पारिएको थियो ।

बेग्लै उजुरीपत्रमा बेनलिनले हङकङको लजिस्टिक कम्पनीका तर्फबाट ती लेबलको जाँच गर्नका लागि मानिसहरु नियुक्त गरेका थिए । उनले ती चिप्सहरु चीनतर्फ नभइ अन्यत्रै लैजान लागिएको भन्दै झूठो विवरण दिएका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  २ : १४ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद