सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएकोमा पाकिस्तानको तुर्बत विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन « Khabarhub

सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएकोमा पाकिस्तानको तुर्बत विश्वविद्यालयका विद्यार्थीको प्रदर्शन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफ्ना सहपाठीलाई जबरजस्ती बेपत्ता पारिएको भन्दै पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित तुर्बत शहरमा रहेको विश्वविद्यालयमा विद्यार्थीले प्रदर्शन गरेका छन् । सो विश्वविद्यालयका तीन जना विद्यार्थी बेपत्ता पारिएका छन् ।

बलोचिस्तान पोस्टका अनुसार उक्त विश्वविद्यालयमा अध्ययन गर्ने नूर खान नजर, रहमत हाल्को र इमरान ताजको अवस्था अज्ञात रहेको जनाइएको छ । प्रदर्शनकारीले आफ्ना सहपाठीलाई तत्काल रिहा गर्न माग राख्दै नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी विद्यार्थीका अनुसार नूर खान नजर गत डिसेम्बर ६ देखि बेपत्ता छन् । त्यसैगरी, रहमत हाल्को अक्टोबर ५ देखि र इमरान ताज गत जुन २१ देखि बेपत्ता छन् ।

सरकारी पक्षबाट उनीहरुबारे कुनै जानकारी प्राप्त नभएको जनाइएको छ । लामो समयदेखि बेपत्ता पारिँदा उनीहरुको परिवारमा तनाव र चिन्ता बढेको पोस्टले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ३ : ०४ बजे

स्वर्णिमले बिजुलीमा भ्याट लगाए, अब विराजभक्तले महसुल घटाउँदै

काठमाडौं- चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा

वालेन्द्रको खोजी भएपछि रविको जवाफ : कुरा गरेको छु, अर्को बैठकदेखि आउनुहुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री एवम् संसदीय

निर्वाचन विधि र प्रक्रियामा समसामयिक सुधार गर्न पूर्वआयुक्तहरूको सुझाव

काठमाडौं- पूर्वप्रमुख निर्वाचन आयुक्त तथा पूर्वनिर्वाचन आयुक्तहरूले बदलिँदो परिस्थितिअनुसार निर्वाचन विधि

रविले भने : केही मन्त्री र सांसदको तरिका ठिक छैन, मतदातासँग घमण्ड र रमिता नदेखाउनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री

बेनी सेक्युरिटिजलाई नेप्सेले गर्‍यो तीन दिनका लागि निलम्बन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बानेश्वरमा कार्यालय रहेको बेनी