श्रीलंकामा पुल पुननिर्माणको कामलाई तीव्रता दिँदै भारतीय सेना « Khabarhub

श्रीलंकामा पुल पुननिर्माणको कामलाई तीव्रता दिँदै भारतीय सेना


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेनाले श्रीलंकामा पुल पुननिर्माणको कामलाई तीव्र पारेको छ । डिटवा नामक आँधीपछि भारतले श्रीलंकाली अधिकारीसँगको समन्वयमा मानवीय तथा अन्य सहायताका लागि अपरेशन सागर बन्धु नामक अभियान सञ्चालन गरेको छ ।

सोही अभियानका क्रममा भारतीय सेनाले पुल पुननिर्माण गरेको हो । भारतीय सेनाको इन्जिनियर टास्क फोर्सले जाफ्नाको क्षतिग्रस्त पुलियामपोक्कानाइ पुल निर्माण थालेको हो ।

श्रीलंकाको सडक विकास प्राधिकरणसँगको समन्वयमा भारतीय सेनाले पुननिर्माण अभियान सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । त्यसबाहेक सो क्षेत्रमा बेलिब्रिज, पायर पनि निर्माण गरिरहेको एएनआईले जनाएको छ ।

भारतीय सेनाले निर्माण अभियान सञ्चालन गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ । यसमध्ये सोनारमा एलआरएफ, टाढाबाट सञ्चालन गर्न मिल्ने यूजीभीजस्ता प्रविधि उपयोग गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४८ बजे

नेपाल-भारत सम्बन्ध : ‘रिसेट’ होइन, ‘रिभिजिट’ को खाँचो छ

अहिले भूराजनीतिको चर्चा गर्दा मुख्यतया ‘इन्डो-सेन्ट्रिक’ (भारत केन्द्रित) र ‘साइनो-सेन्ट्रिक’

काठमाडौँको रानीपोखरीमा भेटियो पुरुषको शव, पहिचान खुल्न बाँकी

काठमाडौँ – रानीपोखरीमा बुधबार राति एक पुरुष मृत अवस्थामा फेला

आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)

गोरखा – बुढीगण्डकी नदीमा गत असोज २५ गते आएको बाढीले

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात