श्रीलंकामा पुल पुननिर्माणको कामलाई तीव्रता दिँदै भारतीय सेना « Khabarhub

श्रीलंकामा पुल पुननिर्माणको कामलाई तीव्रता दिँदै भारतीय सेना


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेनाले श्रीलंकामा पुल पुननिर्माणको कामलाई तीव्र पारेको छ । डिटवा नामक आँधीपछि भारतले श्रीलंकाली अधिकारीसँगको समन्वयमा मानवीय तथा अन्य सहायताका लागि अपरेशन सागर बन्धु नामक अभियान सञ्चालन गरेको छ ।

सोही अभियानका क्रममा भारतीय सेनाले पुल पुननिर्माण गरेको हो । भारतीय सेनाको इन्जिनियर टास्क फोर्सले जाफ्नाको क्षतिग्रस्त पुलियामपोक्कानाइ पुल निर्माण थालेको हो ।

श्रीलंकाको सडक विकास प्राधिकरणसँगको समन्वयमा भारतीय सेनाले पुननिर्माण अभियान सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले उल्लेख गरेको छ । त्यसबाहेक सो क्षेत्रमा बेलिब्रिज, पायर पनि निर्माण गरिरहेको एएनआईले जनाएको छ ।

भारतीय सेनाले निर्माण अभियान सञ्चालन गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिरहेको छ । यसमध्ये सोनारमा एलआरएफ, टाढाबाट सञ्चालन गर्न मिल्ने यूजीभीजस्ता प्रविधि उपयोग गरिरहेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ३ : ४८ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल