माइक्रोसफ्टले भारतमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने « Khabarhub

माइक्रोसफ्टले भारतमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा १७ अर्ब ५० करोड अमेरिकी डलरको लगानी गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी सत्य नडेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा यस्तो घोषणा गरेका हुन् ।

यो लगानी भारतमा आर्टिफिसियल इन्टिलिजेन्स एआईको क्षमता विकासमा खर्च हुने जनइएको छ । यो माइक्रोसफ्टले एशियामा गरेको हालसम्म कै सबैभन्दा ठूलो लगानी हो ।

नाडेलासँगको भेटवार्तापछि प्रधानमन्त्री मोदीले एआईको क्षेत्रमा भारतप्रति विश्वले आशा गरिरहेको जनाएका छन् । उनले यो लगानीलाई भारतका युवाहरुले अवसरका रुपमा हेरेको र एआईको नवप्रवर्तनलाई थप मजबुत बनाउने जनाएका छन् ।

यसअघि पनि माइक्रोसफ्टले भारतको बैङ्गलुरुमा तीन अर्ब डलर बराबरको लगानी गर्ने जनाएको थियो । एआई पूर्वाधार र क्लाउडको निर्माणमा आगामी दुई वर्षसम्म उक्त लगानी गरिने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०५ बजे

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा

नेपालगञ्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले संशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल