माइक्रोसफ्टले भारतमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने « Khabarhub

माइक्रोसफ्टले भारतमा १७ अर्ब ५० करोड डलर लगानी गर्ने


२७ मंसिर २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले भारतमा १७ अर्ब ५० करोड अमेरिकी डलरको लगानी गर्ने भएको छ । कम्पनीका प्रमुख कार्यकारी सत्य नडेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा यस्तो घोषणा गरेका हुन् ।

यो लगानी भारतमा आर्टिफिसियल इन्टिलिजेन्स एआईको क्षमता विकासमा खर्च हुने जनइएको छ । यो माइक्रोसफ्टले एशियामा गरेको हालसम्म कै सबैभन्दा ठूलो लगानी हो ।

नाडेलासँगको भेटवार्तापछि प्रधानमन्त्री मोदीले एआईको क्षेत्रमा भारतप्रति विश्वले आशा गरिरहेको जनाएका छन् । उनले यो लगानीलाई भारतका युवाहरुले अवसरका रुपमा हेरेको र एआईको नवप्रवर्तनलाई थप मजबुत बनाउने जनाएका छन् ।

यसअघि पनि माइक्रोसफ्टले भारतको बैङ्गलुरुमा तीन अर्ब डलर बराबरको लगानी गर्ने जनाएको थियो । एआई पूर्वाधार र क्लाउडको निर्माणमा आगामी दुई वर्षसम्म उक्त लगानी गरिने कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०८२, शनिबार  ४ : ०५ बजे

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं– पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३-८४ मा एक

वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमशीलता तालिम

तेह्रथुम– म्याङलुङ नगरपालिकाले राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका

कोशी प्रदेशसभा : आर्थिक सर्वेक्षण पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारका आर्थिक मामिला

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले विधान संशोधन

बेरुजुलाई ‘फाष्ट ट्र्याक’बाट न्यूनीकरण गर्न आवश्यक 

काठमाडौं– सार्वजनिक लेखा समितिले सात खर्ब ५५ अर्ब १७ करोड