प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट « Khabarhub

एमाले महाधिवेशन

प्रतिनिधिको अठोट : क्षमतावानलाई भोट, प्यानललाई चोट



काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशन चलिरहँदा नेतृत्वमा दुई प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ । दुई प्यानलबीच नेतृत्वमा प्रतिस्पर्धा हुँदा एमाले पदाधिकारी र केन्द्रीय कमिटीमा दुई प्यानलकै नेताहरू समावेश हुने देखिएको छ । 

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका अनुसार अध्यक्षमा केपी शर्मा ओलीको विकल्प नभएको तर अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा छासमिसे नेतृत्व आउने दाबी गर्छन् । 

नेतृत्व चयनका लागि अहिले भइरहेको मतदानमा अधिकांश महाधिवेशन प्रतिनिधिले आफ्नो विवेकले मतदान गरिरहेको नेता राजेन्द्र गौतमको दाबी छ । मतदाताले विवेक लाएर मतदान गरिरहेकाले मत परिणामले सबैलाई उत्साह दिने उनको दाबी छ । 

यस्तै झापाबाट मतदान गर्न पुगेका महाधिवेशन प्रतिनिधि युवा रोशन सुवेदी पनि नेकपा एमालेको एघारौँ महाधिवेशनले नयाँ नेतृत्वमा प्यानलगत नभएर दुवै प्यानलबाट केन्द्रीय सदस्य र पदाधिकारी आउन सक्ने आंकलन गर्छन् । 

यता प्रगतिशील इन्जिनियरिङ एसोसिएसनकी नेतृ अम्बिका महत पदाधिकारीमा वैचारिक र कूटनीतिक हिसाबले  अगाडि बढ्ने नेताहरू चुनिने दाबी गर्छिन् ।  

महाधिवेशनमा सचिव पदका दाबेदार कर्ण थापा पनि महाधिवेशनमा केन्द्रीय सदस्य पदाधिकारी चुनिने आंकलन गर्छन् । ‘महाधिवेशनस्थलको अवलोकन गर्दा आज कसैको पनि पद सुरक्षित छैन । महाधिवेशन प्रतिनिधिले एडभान्स तरिकाले विवेक पुर्‍याएर मतदान गरेको देखिन्छ ।’ थापा भन्छन्, ‘प्यानलगत भन्दा पनि व्यक्ति छानेर मतदान गरिएको अवस्था छ ।’

हुन त ओली पक्षका सबै केन्द्रीय सदस्य र पदाधिकारी जिताउँदा ईश्वर पोखरेल पक्षले पार्टी नै फुटाएर जाने कारण पनि नेताहरूले एमाले बचाउन विवेक पुर्‍याएको दाबी गरिन्छ । 

एकतर्फी रूपमा नेतृत्व आउँदा एमाले परिवर्तन भएर अगाडि नबढ्ने, वैचारिक नेताको अवसान र खडेरी हुने कारण पनि महाधिवेशन प्रतिनिधिले एमाले बचाउने गरी मतदान गर्ने एमाले पाँचथरका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि विष्णु सापकोटा बताउँछन् ।

सापकोटाका अनुसार एमाले फुटबाट बचाउन पनि दुवै प्यानलका नेता तथा केन्द्रीय सदस्यहरू पार्टीमा अपरिहार्य भएको तर्क गर्छन् ।

के भन्छन् प्रतिनिधि ? 

रोशन सुवेदी युवा प्रतिनिधि झापा 

मतदान भइरहेको छ । ११ औँ महाधिवेशने एमालेप्रति जनताले गुमाएको विश्वास फर्काउँछ । जनतामाझ जान सक्षम नेतृत्व आउँछ । हामी नेतृत्व नै परिवर्तन गरिहाल्ने पक्षमा छैनौँ । 

केपी शर्मा ओलीको पक्षमा टीमवाइज रूपमा दुवै पक्ष समेट्ने हिसाबले हामी लागेका छौँ । नेता चयन गर्न तलदेखि माथिसम्म हामी कार्यकर्ता सुझबुझका साथ लागेका छौँ । एउटा मात्र टिम आयो भने भोलि अर्को टिम पार्टीबाट भड्कन सक्छ । त्यसकारण पार्टीलाई मजबुत बनाउन दुवै टिम ल्याउन लागेका छौँ । 

विष्णु सापकोटा एमाले पाँचथर अध्यक्ष

अध्यक्षमा निर्विकल्प आउने देखिन्छ । अरू कुरामा मिलाएर प्रतिनिधिले मतदान गरेको हो कि भन्ने आंकलन गरिन्छ । पार्टी पनि बच्ने एमाले पनि परिवर्तन भएर अगाडि बढ्ने गरी पदाधिकारी र सचिवालयमा नेताहरू आउनुहुन्छ । 

किनकि अहिलेको अवस्थामा केही कुरामा जनताले पार्टीले परिवर्तन चाहेको छ । त्यसको सम्बोधन हुने खालमा साथीहरू केन्द्रीय सदस्य र पदाधिकारीमा ल्याउन हामीले पनि भूमिका खेल्नुपर्ने छ । पार्टी पनि बचोस् र गलत पनि नहोस् भन्नेमा मतदाता सचेत छन् । 

चक्र बोहोरा, सुदूरपश्चिम 

पार्टी सञ्चालन गर्ने खालको नेतृत्व आउनुहुन्छ । अहिलेको परिस्थिति राष्ट्रको राष्ट्रियता स्वाधिता जोगिने किसिमको आउँछ । पदाधिकारी र केन्द्रीय सदस्य छान्दा प्रतिनिधिले विवेक पुर्‍याएर मतदान गर्छन् । पार्टी जोगाउनु पर्छ, एकलौटी गर्नुहुँदैन भन्ने धारणा देखिन्छ सबैमा । आगामी निर्वाचनमा जनतामाझ जाँदा जनताले सम्मान गर्ने नेतृत्व आउँछ । यो पटक सबै प्रतिनिधिहरू जेन-जी आन्दोलनपछि सचेत भएका छन् । 

अम्बिका महत प्रगतिशील इन्जिनियरिङ एसोसिएसन 

नतिजा आउँदा छासमिस हुन सक्छ । दुवैतर्फ आउँदा नै पार्टी बलियो र लोकतान्त्रिक बन्छ । अध्यक्षको विकल्प छैन । एमाले अस्तित्व जोगाउन पनि अध्यक्षको विकल्प छैन । अरू पदाधिकारी र  केन्द्रीय सदस्यहरू मिलेर दुवै टिमबाट आउनुहुन्छ । 

जुन ढंगले पाटीप्रति नै चौतर्फी घेराबन्दी भइरहेको छ । त्यसमा नेकपा एमालेले सहभागिताले नै देश बलियो हुने हो । बाह्य शक्तिले पनि हामीलाई आक्रमण गर्दा प्रतिकार वैचारिक र कूटनीतिक हिसाबले गर्न सक्ने पदाधिकारी आउनुहुन्छ । देश बलियो बनाउन पार्टी बलियो हुनुपर्छ । विचार र सिद्धान्तमा अडिग भएका साथीहरू नै पार्टीमा आउनुहुन्छ । 

प्रकाशित मिति : २ पुस २०८२, बुधबार  ५ : ०० बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र