यो तिहार कस्तो हुनेछ ? राशिअनुसारको फल थाहा पाउनुस् | Khabarhub Khabarhub

यो तिहार कस्तो हुनेछ ? राशिअनुसारको फल थाहा पाउनुस्


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिहार शुरु हुनु ४ दिन अघि अर्थात कार्तिक ०६ गते बुधबारबाट ग्रहका राजकुमार बुधको राशि परिवर्तन हुने भएको छ ।

सो दिन बुध रात ११ बजेर ४८ मिनटमा तुलाबाट वृश्चिक राशिमा प्रवेश गर्दैछ । कार्तिक २१ गते दिउ“सो ३ बजेर ५४ मिनेटसम्म बुध उक्त राशिमा रहने छ ।

तिहारको प्रवेशसंगै बुधको राशि परिवर्तनले सबै राशिमा राम्रो नराम्रो दुबै प्रभाव पर्न सक्छ । आफ्नो राशि अनुसार हेर्नुहोस् तपाईको राशिमा कस्तो प्रभाव पर्छ ।

मेष राशि
बुधको परिवर्तनले मेष राशिका ब्यक्तिलाई आर्थिक लाभ मिल्ने संकेत छ । तिहारमा आर्थिक अवस्था सबल हुने मात्र होइन रोकिएको धन समेत फिर्ता आउने योग छ ।

वृष राशि
वृष राशिलाई तिहारका बेला घरमा सुख शान्ति बन्ने तथा अप्ठेराहरु हल भएर जानेछन् । कार्यालय वा व्यापारमा काम गर्नेहरुका लागी पनि यस पटक निकै लाभदायक रहेको छ ।

मिथुन राशि
मिथुन राशिका ब्यक्तिले तिहारमा अलिक विचार पुर्याउनु पर्ने हुन्छ । स्वास्थ्य र भबिष्य सम्बन्धी अप्ठेरा परीस्थितीको सामना गर्नुपर्ने हुनसक्छ । नकारात्मक भाव र क्रोध नल्याउनु उचित हुन्छ ।

कर्कट राशि
कर्कट राशिका ब्यक्तिले तिहारका बेला अन्यत्रको यात्रा गर्नुपर्ने अवस्था आउन सक्छ । परीवार तथा साथिभाईबाट सहयोग पाइनेछ । तर कुनै पनि निर्णय लिनुअघि विशेष ध्यान पुर्याउनु होला ।

सिंह राशि
सिंह राशि भएका ब्यक्तिका लागी यस पटकको तिहार धनयोग बन्ने रहको छ । देवी लक्ष्मीको कृपाले सम्पती जोड्ने अवसर बन्न सक्नेछ । जागिरेका लागी पनि निकै लाभदायक रहनछ ।

कन्या राशि
व्यापार र जागिर गर्ने कन्या राशिका ब्यक्तिका लागी तिहार शुभ रहेको छ । आफ्नो आत्मविश्वासद्धारा गरेको काममा लाभ हुनेछ । तर दुश्मनबाट सर्तक रहनुहोला ।

तुला राशि
तुला राशिका ब्यक्तिलाई यस तिहारमा आर्थिक लाभ मिल्न सक्छ । कर्जाबाट मुक्ति मिल्ने योग छ । आर्थिक पक्ष मजबूत हुने भएकाले मानसम्मान समेत बढ्ने हुन्छ ।

वृश्चिक राशि
वृश्चिक राशिका लागी तिहारमा नकारात्मक विचारको अन्त्य गर्नु उत्तम हुन्छ । कुनै पनि काम थाल्नु अघि रणनीति बनाएर मात्र अगाडि बढ्नुहोला । आर्थिक पक्ष बलियो रहनेछ ।

धनु राशि
धनु राशिका वृद्ध ब्यक्तिले स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । जागिर परीवर्तन गर्न चाहानेका लागी यो समय उत्तम छ । तिहारमा कसैलाई सापटि वा रीण नदिनुहोला ।

मकर राशि
मकर राशीका ब्यक्तिले गरेको हरेक प्रयास सफल हुनेछ । सर्वत्रबाट लाभ मिल्ने योग छ । आर्थिक लाभ भएपनि जुवातास नखेल्नुहोला । नत्र जम्मा धनमा समेत क्षय हुनेछ ।

कुम्भ राशि
कुम्भ राशिका ब्यक्तिलाई तिहार मिश्रीत अवस्थामा रहेको छ । जागिर र धन योग बनेपनि आफन्त बिच खटपट हुनसक्छ । आफ्नो बोलीमा ध्यान पुर्याउनु होला ।

मीन राशि
मिन राशिका विद्यार्थीलाई शुभ समाचार मिल्नेछ । तपाईका साथिको सफलतामा रमाउने अवसर मिल्नेछ । मानसम्मान प्राप्त होला । तर स्वास्थ्यको विशेष ख्याल राख्नुहोला ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ८ : १० बजे

ठिमीमा जेसुम यात्रा: संस्कृति र सम्पदा उजागर गर्ने प्रयास

भक्तपुर – ‘जेसुम यात्रा’ स्थानीय सम्पदा र संस्कृृतिलाई सृजनाका माध्यमबाट

रुकुमपश्चिम दुर्घटना अपडेट : थप एक जनाको मृत्यु

रुकुमपश्चिम – सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव

 मोरङ– जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका– बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा