एउटै वडाका ५३८ घरमा पानीको घारा « Khabarhub

एउटै वडाका ५३८ घरमा पानीको घारा


३ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत बागलुङको ताराखोला गाउँपालिका–५ का ५३८ घरमा खानेपानीको धारा जडान गरिएका छन् ।

हालसम्म वडामा रहेका रहेका ५९५ घरमध्ये ५३८ घरमा खानेपानीको धारा जडान सम्पन्न भइसकेको छ । घरघरमा खानेपानी आएपछि स्थानीय दङ्ग छन् । गण्डकी प्रदेश सरकारको दुई करोड लागतमा १८ वटा मुहानको पानी घरघरमा पु¥याएको हो । वडाध्यक्ष मनबहादुर रोकाले वडाको अब वडा क्षेत्रका २२ घरमा मात्रै पानी पुर्‍याउन बाँकी रहेको बताए ।

‘विकासको पहिलो आधार शुद्ध खानेपानी हो, वडाभर खानेपानी पुर्‍याउने लक्ष्य पूरा हुँदैछ, वडाका ५३८ घरमा निजी धारा जडान गरिएका छन्’, उनले भने, ‘सबै घरमा खानेपानी पुर्‍याउनु हाम्रा लागि सुखद् कुरा हो, गण्डकी प्रदेश सरकारको लगानीमा १८ मुहानलाई एकीकृत प्रणालीबाट एक घर–एक धारा निर्माण गरिएको हो ।’

रोकाका अनुसार वडा नम्बर ५ को करिमेला, धस्मर, रानीवास, तातामाटा, छेल्लर खोला, नाङ्गी, औलादी, सानो हिले, ठूलो हिले, सिप, फेदी, पलीम, फुडेखर्क, मच्छर, भिरकुना र अर्गातुङ गाउँका घरमा धारा जडान गरिएका छन् ।

खानेपानीको पहुँच पुगेपछि यहाँका स्थानीयको दैनिकी फेरिएको छ भने समयको बचतसमेत भएको छ । खानेपानीको धारा घरमै आएपछि सरसफाइमा समेत सुधार भइरहेको छ ।

२०७५ सालबाट सुरु भएको एक घर–एक धारा अभियानले सार्थकता पाएकामा स्थानीय खुसी छन् । स्थानीय कुलबहादुर रोकाले घरमै खानेपानीको धारा भएपछि पानीकै लागि टाढा रहेका सामुदायिक धारा, कुँवालगायत स्थानमा जाने बाध्यता अन्त्य भएको बताए । (रासस)

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ७ : १९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि