पुन: अपलोड गरेको गीत फेरि किन हटाए दुर्गेश थापाले ? « Khabarhub

पुन: अपलोड गरेको गीत फेरि किन हटाए दुर्गेश थापाले ?


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापाले ‘गाँजा’ तथा ‘बियर’ जस्ता शब्द म्युट गर्दै अपलोड गरेको ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको गीत पुन: हटाएका छन् । गीतमा परिमार्जन गरेर पुनः अपलोड गरेको गीत ‘डन आयो डन’ लाई उनले हटाएका हुन् । यसअघि उनले प्रहरीको आग्रहमा ‘ह्याप्पी तिहार, चिसो बियर’ गीत पनि हटाएका थिए ।

‘ह्याप्पी तिहार’ बोलको गीत युट्युबमार्फत सार्वजनिक भएपछि विवादमा मुछिएको थियो । सो गीत विवादमा आएसँगै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेपछि मंगलबार प्रहरीले थापालाई नियन्त्रणमा लिएको थियो । त्यसपछि प्रहरी नियन्त्रणमै रहेका बेला उनले सो गीत हटाएका थिए ।

खबरहबसँगको कुराकानीमा गायक थापाले चौबीस घण्टाभित्र अपलोड गर्ने बताएका थिए । उनले हटाएको ‘ह्याप्पी तिहार’ को नयाँ गीतलाई ‘डन आयो डन’ का नाममा पुनः अपलोड गरेका थिए । पछि सो गीत पनि हटाएका छन् । गीत हटाएपछि दर्शक आश्चर्यमा परेका छन् ।

यता गायक थापाले भने गीतका केही शब्द अझै परिमार्जन गर्नुपर्ने देखिएपछि गीत हटाएको बताएका छन् । ‘गीतमा अझै पनि केही हटाउनुपर्ने शब्द रहेछन्, त्यही भएर हटाएको हुँ, म छिट्टै नै अपलोड गर्छु,’ उनले खबरहबसँग भने ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ११ : २७ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्