काठमाडौं- अमेरिकाले डाइभर्सिटी भिजा (डीभी) कार्यक्रम स्थगित गरेको छ । स्थानीय समयअनुसार बिहीबार अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी डीएचएसले डीभी कार्यक्रम स्थगित गर्ने घोषणा गरेको हो ।
हालै भएका गोलीकाण्डमा संलग्नहरु यही कार्यक्रममार्फत अमेरिका प्रवेश गरेको खुलेपछि यस्तो कदम चालिएको डीएचएस प्रमुख क्रिस्टी नोमले बताएकी छिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा तत्कालै लागू हुनेगरी डीभी कार्यक्रम स्थगित गरिएको उनले घोषणा गरेकी छिन् ।
हालै अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा संलग्न व्यक्ति डीभी परेर अमेरिका प्रवेश गरेको खुल्न आएको छ ।
घटनामा दुई जनाको ज्यान गएको थियो भने नौ जना घाइते भएका थिए । उक्त आक्रमणको अभियुक्त सन् २०१७ मा यही कार्यक्रममार्फत् अमेरिका प्रवेश गरेको जनाइएको छ ।
डीभी कार्यक्रममार्फत् अमेरिकाले हरेक वर्ष ५० हजा जनालाई अमेरिका प्रवेश गर्ने बाटो खोल्छ । अमेरिकामा कम आप्रवासन दर भएका मुलुकका नागरिकलाई यस कार्यक्रममार्फत् भिजा दिने गरिन्छ ।
डीभी कार्यक्रम बन्द गर्ने घोषणाको विरुद्धमा अदालतमा रिट पर्ने सम्भावना रहेको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन् ।













प्रतिक्रिया