नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक « Khabarhub

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ ।

आगामी माघमा हुने सङ्घको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।

सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै कूल १९ पदमा निर्वाचन हुने जनाएको छ । निर्वाचनका लागि अध्यक्ष पदमा १ जना, वरिष्ठ उपाध्यक्षमा १ जना, उपाध्यक्षमा ७ (प्रत्येक प्रदेशबाट १/१ जना प्रादेशिक संयोजकसमेत रहने गरी) , महासचिव १ जना, कोषाध्यक्ष १ जना, महासचिव १ जना, सह–कोषाध्यक्ष १ जना, सदस्य –६ जना गरी १९ पदका लागि उम्मेदवारहरूले नाम दर्ता गराएका छन् ।

अध्यक्षमा डा बद्री रिजाल, डा मङ्गल रावल र डा नारायणप्रसाद भुसाल अध्यक्ष पदका लागि भिड्दैछन् । सङ्घको निर्वाचन काठमाडौँ उपत्यका बाहिर आगामी २ र ३ माघ र काठमाडौँ उपत्यकाभित्र १५, १६ र १७ माघमा हुनेछ । 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : २४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड