बलात्कार र हत्यापछि फरार एक नेपालीलाई अमेरिकाबाट नेपाल ल्याइयो « Khabarhub

बलात्कार र हत्यापछि फरार एक नेपालीलाई अमेरिकाबाट नेपाल ल्याइयो


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई दशक अघि एक युवतीको बलात्कारपछि हत्या गरेको अभियोगमा अमेरिकामा पक्राउ गरिएका एक युवकलाई नेपाल ल्याइएको छ ।
झापा, चन्द्रगढी–३ स्थायी घर भएका लीलाराज गौतमलाई अमेरिकामै पक्राउ गरेर बुधबार टर्किस एयरको विमानबाट नेपाल ल्याइएको हो ।

दश वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका ४२ वर्षीय गौतमलाई इन्टरपोल वाशिंटनको सहयोगमा पक्राउ गरी नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो ।

इन्टरपोल वाशिंटनले सन् २०१८ फेब्रुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखेको थियो । नेपाल प्रहरीको निरन्तरको पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउन आदेश दिएका थिए ।

२९ असोज २०५७ मा गौतमसहित मनोज खड्का र सीताराम खड्काले चन्द्रगढी(३ की एक युवतीको सामूहिक बलात्कारपछि घाँटी थिचेर हत्या गरेका थिए । हत्यापछि युवतीको शव रूखमा झुण्डाइएको थियो ।

घटनाको दोस्रो दिन मृतक युवतीका बुवाले तीनैजनाविरुद्ध ३० असोज २०५७ मा जिल्ला प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएका थिए ।

जाहेरी लगत्तै गौतम पक्राउ परेका थिए। पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ला अदालतले २१ कात्तिक २०५८ मा सफाइ दिएको थियो ।

त्यसपछि मुद्दा पुनरावेदन अदालत पुगे पनि त्यहाँबाट समेत उनलाई सफाइ दिइएको थियो । त्यसपछि पीडितले सरकारी वकीलको कार्यालयमार्फत् १९ भदौ २०६६ मा सर्वोच्च अदालतमा पुनरावेदन गरे ।

सर्वोच्च अदालतले भने उनीहरू सबैलाई जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतबाट सफाइ पाएका गौतम त्यतिन्जेल अमेरिका पुगिसकेका थिए ।

१० महिना जेल बसिसकेका गौतमलाई सर्वोच्च अदालतले १९ वर्ष २ महिना कैद सजाय सुनाएको थियो । नेपाल ल्याइएका उनलाई आवश्यक कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरोमा बुझाइएको छ ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न गौतमलाई प्रहरीले कारागार चलान गर्नेछ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : ३८ बजे

राष्ट्र बैंकलाई आधुनिक र प्रविधिमैत्री बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८

ओलीको दाबी- सरकारले विरोध दबाउन घर र सञ्चार माध्यमका कार्यालय अगाडि गाडी तेर्स्याए

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा अराजकता फैलाउने

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज