पशुपतिमा शव जलाउनेको आन्दोलन फिर्ता, यस्तो भयो सहमति « Khabarhub

पशुपतिमा शव जलाउनेको आन्दोलन फिर्ता, यस्तो भयो सहमति


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्दोलनमा उत्रिएका पशुपति आर्यघाट घाट सेवाका कर्मचारी र पशुपति क्षेत्र विकास कोषबीच सहमति भएको छ ।

सहमति भएसँगै घाट सेवाका कर्मचारीले शव जलाउने लगायतका काम पुन सुचारु गर्ने सहमति भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले वार्तामार्फत समस्या समाधान भएको बताए ।

सेवासुविधा वृद्धिको माग राख्दै आन्दोलन उत्रिएका उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए ।

उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएसँगै आन्दोलन स्थगित भएको छ ।

एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाउने विषयमा आन्दोलनरत पक्ष र पशुपति क्षेत्रविकास कोषबीच सहमति भएको छ ।

त्यस्तै अवकास पाउँदा उपदानवापत पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति भएको सदस्य सचिव ढकालले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  १ : ५६ बजे

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुर्‍याउन सकिने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं- नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०२६/२७ मा मुलुकको

फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै महानगरपालिका

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटको आयु बढाई

होर्मुजमा तेल ट्यांकरमाथि अज्ञात प्रहार : समुद्री एजेन्सी

लन्डन– स्ट्रेट अफ होर्मुज नजिकै ओमानको तटमा एउटा तेल ट्यांकर

ऊर्जा क्षेत्रको रूपान्तरणलाई विशेष प्राथमिकतामा राखेका छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले ऊर्जा क्षेत्रको

हात्तीको आक्रमणसहित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं- राष्ट्रियसभामा सांसदहरूले हात्तीको आक्रमणबाट भएको जनधनको क्षति, शान्ति सुरक्षा,