सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट « Khabarhub

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले आइतबार बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक तथा विकास सहकार्य विस्तारलगायत विषयमा छलफल भएको थियो ।

सभामुख घिमिरेले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई धन्यवाद दिँदै नेपाल–चीन द्विपक्षीय सम्बन्ध सुदृढीकरण, आर्थिक विकासमा सहकार्य विस्तार तथा दुवै देशका संसद्हरूबीच सम्बन्ध मजबुत बनाउन उनले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । 

भेटमा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव वर्षभरि मनाइएको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले सन् २०२५ मा दुवै पक्षबाट आयोजना गरिएका विविध कार्यक्रमले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याएको बताए  । 

उनले नेपाल र चीन असल छिमेकी, घनिष्ट मित्र र भरपर्दो साझेदार रहँदै आएका बताउँदै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, आपसी सम्मान, सहयोग र समझदारीका आधारमा सम्बन्ध अघि बढिरहेको स्पष्ट पारे । 

सभामुख घिमिरेले नेपाल एक–चीन सिद्धान्तप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पुनः दोहोर्‍याउँदै नेपाली भूमिमा चीनको हितविरुद्ध कुनै गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

भेटमा चीनको नेतृत्व तहबाट नेपाललाई भूपरिवेष्ठित मुलुकबाट भू–जडित मुलुकमा रूपान्तरण गर्ने दिशामा प्रदान हुँदै आएको सहयोगको सभामुखले प्रशंसा गरे ।

साथै नेपाल–चीन संसद्बीच प्रतिनिधिमण्डलको नियमित भ्रमण र संवादले द्विपक्षीय सम्बन्धलाई अझ फराकिलो र सुदृढ बनाएको उल्लेख गरे ।

सभामुख घिमिरेले चीन सरकारबाट प्राप्त हुँदै आएको विकास सहायताप्रति नेपाल आभारी रहेको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ (बिआरआइ)सम्झौताअन्तर्गतका तथा अन्य विकास सहायता परियोजना यथाशीघ्र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

राजदूत सोङले चीनले नेपाललाई कूटनीतिक सम्बन्धमा उच्च प्राथमिकता दिएको बताए । उनले आफ्नो कार्यकालमा सन् २०२० मा भएको चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणमा भएका सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण सफलता प्राप्त भएको उल्लेख गरे ।

राजदूत सोङले नेपाल र चीनबीच जनस्तरको सम्बन्ध उच्च भए पनि आर्थिक सम्बन्ध विकास हुन नसकेको बताए । उनले केही दिनअघि नेपाल–चीन आर्थिक सहकार्य र लगानीसम्बन्धी कार्यशाला भएको स्मरण गर्दै धेरै चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहेका जानकारी दिए  ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  १ : ३६ बजे

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक

माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार राईलाई

काठमाडौं – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना

कांग्रेस र एमालेप्रति रविको आक्रोश : केटाकेटीको रगत पिएकाहरूले ठूलो कुरा नगरे हुन्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंगो

पार्टी कार्यालयमा रवि, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र