कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण « Khabarhub

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि उपजको नयाँ बिक्री मूल्य तोकेको छ । 

मंसिर २८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार धान, मकै, गहुँ, दलहन तथा तेलहन बालीको नयाँ दररेट स्वीकृत गरिएको हो । नयाँ मूल्य सूची अनुसार बिउबिजनतर्फ सबैभन्दा महँगो उन्नत जातको हाइब्रिड मकैको बिउ प्रतिकेजी ३०० रुपैयाँ र हाइब्रिड धानको बिउ २०० रुपैयाँ तोकिएको छ । 

बास्नादार धानको बिउ १०५ रुपैयाँ, गहुँको ८० रुपैयाँ, मुसुरो १६० रुपैयाँ र तोरीको बिउ १७० रुपैयाँ  मूल्य कायम गरिएको छ । प्रमाणित बिउको मूल्य भने केही कम रहेको छ। हरियो मलको रूपमा प्रयोग हुने ढैंचाको बिउ १२० रुपैयाँ तोकिएको छ ।

मन्त्रालयले बिउका लागि अयोग्य खाद्यान्नको मूल्य पनि सार्वजनिक गरेको छ । जसअनुसार गहुँ प्रतिकेजी ३८.६७ रुपैयाँ, मोटो धान ३४.६३ रुपैयाँ र मकै ३५ रुपैयाँ पर्नेछ । 

यसका साथै कृषि सह–उत्पादनअन्तर्गत धानको परालको मूल्य प्रतिकेजी २ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ११ : २६ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना