स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने « Khabarhub

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् ।

सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ संरचना सृजना भएसँगै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ‘एकीकृत सेवा कार्यालय’ राखिएको छ ।

पुतलीबजार नगरपालिकाका छुट्टै स्थानबाट सेवा दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा दिइरहेका कार्यालय गाभिएर बनेको एकीकृत सेवा कार्यालयले साबिकको सामाजिक विकास कार्यालय र साबिकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्ने सेवालाई निरन्तरता दिने कार्यालय प्रमुख जीवन पौडेलले बताए ।

‘दुई छुट्टाछुट्टै कामको प्रकृति भएका कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता हुनुका साथै खर्चमा मितव्ययिता हुन्छ’, उनले भने, ‘सेवाग्राहीलाई छिटो, छरितो र बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी प्रयत्नशील छौँ ।’ दुई कार्यालय गाभिएर हाल बनेको एकीकृत सेवा कार्यालयले साबिकको पर्यटन तथा उद्योग कार्यालय पुतलीबजार–१ अभियानपथबाट सेवा दिन थालेको हो ।

साबिकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्दै आइरहेको उद्योग व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसायको प्रवर्द्धनात्मक कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिम निरन्तर रूपमा सञ्चालन हुने उनले बताए ।

त्यस्तै साबिकको सामाजिक विकास कार्यालयले प्रदान गर्दै आएको लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, सीपमूलक तालिम, शिक्षाका क्षेत्रमा पूर्वाधार निर्माण, सांस्कृतिक, धार्मिक क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रमलाई एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको हो । 

एकीकृत विकास कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ । रासस

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १२ : २१ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो