काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस « Khabarhub

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवारका रूपमा कुन्ती देवी पोखरेलको नाम सिफारिस गरिएको छ।

पार्टीको सम्पन्न गत महाअधिवेशनमा सबैभन्दा बढी मतसहित केन्द्रीय सदस्यमा निर्वाचित पोखरेलको नाम प्रतिनिधि सभाका लागि औपचारिक रूपमा सिफारिस गरिएको हो ।

पार्टीभित्र बलियो जनआधार र आफ्नो क्षेत्रमा विश्वास प्राप्त नेतृका रूपमा स्थापित भएकी पोखरेललाई स्थानीय संगठन तथा कार्यकर्ताहरूको व्यापक समर्थनमा उम्मेदवारका रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ।

सामाजिक सेवा, महिला सशक्तीकरण तथा जनसम्पर्कमा लामो समयदेखि सक्रिय रहँदै आएकी पोखरेल काठमाडौं क्षेत्र नं.२ मा अत्यन्तै लोकप्रिय नेतृका रूपमा परिचित रहँदै आएकी छन् ।

स्थानीय तहमा उनको निरन्तर उपस्थिति, जनसमस्यामा प्रत्यक्ष संलग्नता र जनतासँगको नजिकको सम्बन्धले उनलाई प्रभावशाली राजनीतिक व्यक्तित्वको रूपमा स्थापित गरेको बताइएको छ।

पार्टीले उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रीय समितिको निर्णयपछि सार्वजनिक गर्ने जनाएको छ। 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : १७ बजे

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास