१८ जना कोलम्बियाली सैनिक अपहरणमा « Khabarhub

१८ जना कोलम्बियाली सैनिक अपहरणमा


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई अपहरण गरिएको रक्षामन्त्री पेड्रो सान्चेजले बताएका छन् ।

पनामाको सीमा नजिकै देशको उत्तरपश्चिममा रहेको चोको विभागमा सैनिकहरूलाई लगभग २०० जनाले घेरी उनीहरूको इच्छा विपरीत जबरजस्ती आदिवासी आरक्षणमा सारिएको सान्चेजले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् । 

सन् १९६४ मा स्थापित र क्युबाली क्रान्तिबाट प्रेरित, इएलएन, वा राष्ट्रिय मुक्ति सेना, अमेरिकाको सबैभन्दा पुरानो जीवित छापामार समूह हो ।

समूहले कोलम्बियाका प्रमुख लागु औषध उत्पादन गर्ने क्षेत्रहरू नियन्त्रण गर्दछ, जुन पछिल्लो समयमा सबै भन्दा खराब सुरक्षा सङ्कटसँग जुझिरहेको जनाइएको छ ।

रक्षामन्त्रीले सेनाको अपहरणको निन्दा गर्दै सैन्य कारबाहीमा प्रतिबन्धले स्थानीय समुदायलाई ‘गम्भीर जोखिममा’ पारेको बताएका छन् ।  

अपरेसनहरूको उद्देश्य नागरिक र विशेष गरी आदिवासी समुदाय –नाबालिगहरूको भर्ती, जबरजस्ती विस्थापन र हिंसासँग सम्बन्धित अन्य कार्यहरूको खतराहरूबाट जोगाउनु रहेको सान्चेजले उल्लेख गरेका छन् । 

सैनिकहरूलाई अपहरण गरेर वा राज्यलाई कमजोर पार्दै शान्ति निर्माण नहुने उनले बताएका छन् ।
 
सान्चेजले आन्तरिक मन्त्रालय, सरकार र मानव अधिकार संस्थाहरूलाई सैनिकहरूको सुरक्षित फिर्ती सुनिश्चित गर्न सहयोग गर्न आग्रह गरेको बताएका छन् । 

महान्यायाधिवक्ताको कार्यालयमा आपराधिक उजुरी पनि दर्ता गरिएको छ ।

चोकोकी गभर्नर नुबिया कोर्डोबाले ‘कानुनी कर्तव्य पालन गरिरहेका १८ जना सैनिकलाई हिरासतमा लिएपछि’ उनीहरूको रिहाइका लागि सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाइएको जनाइएको छ ।
  
 गत सेप्टेम्बरमा, ७२ जना सैनिकहरूलाई मिके क्यानियनमा सयौँ बासिन्दाहरूले हिरासतमा लिएका थिए,  ।

एक महिना अघि, ३३ जना वर्दीधारी कर्मचारीहरूलाई ग्वाभियरको विभागमा तीन दिन सम्म बन्दि बनाएर रिहा गरिएको थियो । रासस

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ०७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो