जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित « Khabarhub

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण गरिएको ‘एच–३ रकेट’ले ‘मिचिबिकी नम्बर ५’ उपग्रह कक्षमा पुर्‍याउन सकेको छैन ।

‘मिचिबिकी नम्बर ५’ जापानको क्वासी–जियोस्टेशनरी स्याटेलाइट प्रणाली (क्युजेडएसएस) अन्तर्गत राखिएको पाँचौं उपग्रह हो, जसको उद्देश्य जीपीएस सङ्केत सुधार गरेर स्मार्टफोन, कारको नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारित सेवाहरूमा स्थान निर्धारणको शुद्धता बढाउनु हो । 

जापानको अन्तरिक्ष अनुसन्धान निकायले आठौं एच–३ रकेट कागोशिमाको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट बिहान १०ः५१ बजे प्रक्षेपण गरेको थियो । तर दोस्रो चरणको इन्जिन समयभन्दा पहिले बन्द भएपछि रकेट असफल भयो ।

अन्तरिक्ष निकायले हाल परिस्थितिको मूल्याङ्कन गर्दै इन्जिन बन्द हुनुको कारण पत्ता लगाउने काम गरिरहेको छ ।

यो रकेटले बोकेको ‘मिचिबिकी नम्बर ५’ उपग्रह मोबाइल फोन, सवारी साधनका नेभिगेसन प्रणाली र अन्य स्थान–निर्धारण सेवाहरूको शुद्धता सुधार्ने उद्देश्य राखेको थियो । रासस
 

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  ५ : ५२ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो