सि लिंक म्यानपावरबाट ५ सय २२ राहदानी जफत « Khabarhub

सि लिंक म्यानपावरबाट ५ सय २२ राहदानी जफत


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगार विभागले काठमाडौंको चप्पलकारखानास्थित सि लिंक ओभरसिज सर्भिसेस प्रालिबाट ५ सय २२ वटा राहदानी जफत गरेको छ ।

यो म्यानपावरलाई विभागले हिजो मात्र सिलबन्दी गरेको थियो । उक्त म्यानपावरबाट यसअघि पनि १ सय ५० वटा राहदानी बौद्ध प्रहरीले नियन्त्रणमा लिएर विभागलाई जिम्मा लगाएको थियो ।

म्यानपावरले विदेश पठाइदिने भन्दै युवाहरुबाट २४ लाखभन्दा बढी रकम असुलेको प्रमाण भेटाएको विभागले जानकारी दिएको छ । बौद्ध प्रहरी र विभागले सिलबन्दी गरेको उक्त म्यानपावरको कार्यालय खोलेर ती राहदानी जफत गरेको विभागले जानकारी दिएको छ ।

सरकारले वृद्धि गरेको धरौटी रकम बुझाउन नसकेपछि खारेजीमा परेको उक्त म्यानपावरको लाइसेन्स विभागले हिजो रद्द गरेको थियो ।

उक्त म्यानपावरले लिएको राहदानी र रकम फिर्ता नगरेपछि निमिका शेर्पासहित सात जनाले विभागमा दिएको उजुरीपछि विभागले कात्तिक ४ गते म्यानपावरको आकस्मिक अनुगमन टोली खटाएको थियो ।

वैदेशिक रोजगार ऐनको संशोधित व्यवस्था बमोजिम धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको छ ।

विगतमा वैदेशिक रोजगार व्यवसाय गर्न अनुमति लिएका तर धरौटी रकम थप गर्न नसकी खारेजीमा परेका संस्थाहरुलाई विभागले गत भदौ २९ गते सूचना प्रकाशित गरी दिएको निर्देशन विपरित त्यस्ता कतिपय संस्थाले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको फेला परेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ५ : २१ बजे

‘प्रधानमन्त्रीको अनुहार हेर्न होइन, जवाफ माग्न बोलाएका हौँ’

काठमाडौं- प्रधानमन्त्रीलाई अनुहार हेर्न र भाषण गर्न नबोलाएको प्रतिपक्षी दल

विपक्षीको अवरोधपछि सभामुखले १५ मिनेटका लागि रोके बैठक

काठमाडौं- प्रतिनिधिसभा बैठकमा प्रतिपक्षले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले

पुरानो रिसइबीका कारण नुवाकोटमा दाजुभाइको हत्या, ६ जना समातिए

काठमाडौं – नुवाकोटमा दुईजना दाजुभाइको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई

विपक्षीद्वारा पुनः सदन अवरुद्ध

काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदले राखेको प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम