२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण « Khabarhub

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको हो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेकोमा ५ महिनाको अवधिमा १ खर्ब १४ अर्ब ४८ करोड ४४ लाख रुपैयाँ थपिएको हो । कार्यालयका अनुसार मंसिर मसान्तसम्म नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४५.६६ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिसम्म कुल गार्हस्थ्य उत्पादनमा कुल सार्वजनिक ऋणको २१.३१ प्रतिशत अर्थात् १३ खर्ब १ अर्ब ६३ करोड १० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, २४.३५ प्रतिशत अर्थात् कुल गार्हस्थ्य उत्पादनको २४.३५ प्रतिशत अर्थात् १४ खर्ब ८६ अर्ब ९० करोड ११ लाख रुपैयाँ वैदेशिक ऋण पुगेको छ ।

सरकारले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा १ खर्ब ७५ अर्ब १२ करोड सार्वजनिक ऋण प्राप्त गरेको छ । चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण प्राप्त गर्ने लक्ष्य राखेकोमा समीक्षा अवधिसम्म २९.४० प्रतिशत मात्रै परिचालन गर्न सफल भएको छ । जसमध्ये आन्तरिक ऋण ४०.७९ र बाह्य ऋण ११.७५ प्रतिशत परिचालन भएको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ११ : २८ बजे

कार्यदलको सुझावअनुसार पार्टी पुनर्गठन हुन्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टी

रास्वपा महाधिवेशन : सात हजार बढी कुर्सी अट्ने बाँसको ‘डोम’ बनाइँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन तयारीका

अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित छ बजेट : अर्थमन्त्री

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन

एमसिए नेपालद्वारा ४५० हेक्टरमा वृक्षारोपण गर्न सम्झौता

काठमाडौं– मिलेनियम च्यालेञ्ज एकाउण्ट (एमसिए) नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने

लुम्बिनी प्रदेशको बजेटको आकार ३७ अर्ब ३८ करोड ४५ लाख

काठमाडौं– लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३७ अर्ब ३८