‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ? « Khabarhub

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग जोडिएका गोविन्दाका केही भिडियो र तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छन् । त्यो  भिडियोमा गोविन्दालाई ना’भीको अवतारमा देखाइएको छ र उनलाई हलिउडमा डेब्यु गरेको दाबी गरिएको छ ।

तर, यी सबै एआई प्रविधिद्वारा बनाइएका नक्कली सामग्री हुन् । फिल्ममा गोविन्दाको कुनै भूमिका छैन । भाइरल क्लिपहरूमा उनी चम्किला लुगामा देखिएका र आफ्नो पुरानो संवाद बोलिरहेको देखाइए पनि, वास्तविकता फरक छ ।

यद्यपि, गोविन्दा र ‘अवतार’ फिल्मबीचको चर्चा भने आजको मात्र होइन । केही समयअघि गोविन्दाले सार्वजनिक रूपमा निर्देशक जेम्स क्यामरुनले आफूलाई १८ करोड भारु पारिश्रमिकसहित मुख्य भूमिकाको अफर गरेको दाबी गरेका थिए । 

उनका अनुसार ४१० दिनसम्म लगातार सुटिङ गर्नुपर्ने र शरीरभरि रङ दल्नुपर्ने भएकाले स्वास्थ्य कारण देखाउँदै उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

यसरी, ‘अवतार’सँग जोडेर फैलाइएका गोविन्दाका भाइरल भिडियोहरू एआईबाट सिर्जित भ्रम मात्र भएको स्पष्ट भएको छ । सरोकारवालाहरूले सामाजिक सञ्जालमा देखिने सामग्रीलाई सत्यता जाँच गरेर मात्र विश्वास गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  २ : ०५ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार