भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने « Khabarhub

भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा पुस १६ देखि १८ गतेसम्म खाना महोत्सव आयोजना हुने भएको छ ।  

होटल एसोसिएसन भेडेटारले बुधबार भेडेटारमा पत्रकार सम्मेलन गर्दै १३ औ खाना महोत्सव अर्थात् फुड फेस्टिभल पुस १६ देखि १८ गतेसम्म आयोजना गर्न लागिएको जनाएको हो । 

अग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा हुन लागेको महोत्सवमा विभिन्न जातीय तथा अर्ग्यानिक खानाका परिकार राखिने आयोजकले जनाएको छ । 

त्यस्तै खाद्यान्न, नगदे र औद्योगिक बाली ,फलफूल, तरकारी, आलु बाली तथा स्थानीय कृषि उत्पादनका स्टल राखिने जनाइएको छ । 

आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै तथा पर्यटन प्रबद्र्धनमा समेत सहयोग पुग्ने उद्देश्यले खाना महोत्सव गर्न लागिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिए ।

भेडेटारमा तराईका जिल्लाहरूमा साथै छिमेकी देश भारतबाट सबैभन्दा बढी पर्यटकहरू पुग्ने गरेका छन् । फेस्टिभलमा करिब २ करोड ५० लाख बराबरको कारोबार गर्ने तथा ५० देखि ६० हजार पर्यटक भित्राउने लक्ष्य राखिएको आयोजकले जनाएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ४ : २९ बजे

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका

जेन-जी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगनथदेवल, सुन्धाराबाट भागेका तीन

ख्रीष्टमसको पूर्वसन्ध्यामा ललितपुरको एसम्सन चर्चमा सन्ध्याकालीन प्राथना

काठमाडौं- इसाई धर्मावलम्बीले मनाउने ख्रीष्टमस पर्वको पूर्व सन्ध्यामा ललितपुरको एसम्सन