राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो « Khabarhub

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो


१० पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस १५ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

बैठक पुस १५ गते दिउँसो १ बजे काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा बस्ने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

बर्तौलाका अनुसार बैठक पुस १६ गते आयोजना हुने राप्रपा र राप्रपा नेपालबीचको ‘पार्टी एकता घोषणा सभा’ लाई भव्य रूपमा सफल बनाउने विषयमा केन्द्रित हुनेछ।

यसअघि राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति पत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले हस्ताक्षर गरिसकेका छन्।

महामन्त्री बर्तौलाले केन्द्रीय समिति बैठकमा अध्यक्ष कमल थापाले पार्टी सञ्चालनका क्रममा प्राप्त सहयोग र सद्भावका लागि सबै नेताहरूलाई धन्यवाद तथा आभार व्यक्त गर्ने कार्यक्रम पनि रहेको जानकारी दिए।

प्रकाशित मिति : १० पुस २०८२, बिहीबार  २ : ४० बजे

रातो मच्छिन्द्रनाथको रथ लगनखेल पुर्याइयो

ललितपुर – ललितपुरमा जारी रातो मच्छिन्द्रनाथ जात्राअन्तर्गत आइतबार रथ तानेर

उपत्यकाका चार स्थानमा भत्काइयो अतिक्रमित १२ सय बढी घरटहरा

काठमाडौं – काठमाडौं उपत्यकाका चार स्थानमा सरकारी तथा सार्वजनिक जग्गा

आईपीएल : रिंकू सिंहले जोगाए कोलकाताको ईज्जत, लखनउले पायो १५६ रनको लक्ष्य

कोलकाता – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत ३८औँ खेलमा

चट्याङले घर जल्यो, ६ जनाको परिवार विस्थापित

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकामा आज चट्याङका कारण एक घर

बक्स अफिसमा ‘भूत बंगला’को दबदबा, ९ दिनमै कमायो १०० करोड

काठमाडौं – अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘भूत बंगला’ले बक्स