चीनले ‘तथ्य तोडमोड गरेको’ ताइवानको आरोप « Khabarhub

चीनले ‘तथ्य तोडमोड गरेको’ ताइवानको आरोप


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानको विदेश मन्त्रालयले चीनमाथि तथ्यलाई नै तोडमोड गरेको आरोप लगाएको छ । चीनले आफ्नो नीति दस्तावेजमा ‘ताइवान चीनको अविभाज्य भूभाग हो ।’ भनेर उल्लेख गरेपछि ताइवानको विदेश मामिला मन्त्रालयले यस्तो आरोप लगाएको हो ।

हाल चिनियाँ सत्तामा रहेको कम्युनिष्ट पार्टीले इतिहासको कुनै कालखण्डमा पनि ताइवानी भूभागमा शासन नगरेको स्पष्ट पार्दै विदेश मन्त्रालयले कम्युनिष्ट शासन रहेको जनगणतन्त्र चीन र लोकतान्त्रिक शासन रहेको गणतन्त्र चीन दुई फरक सार्वभौमिकता हुन् भनेको छ । ताइवानले आधिकारिक रुपमा आफूलाई गणतन्त्र चीन भनेर चिनाउने गरेको छ ।

यसअघि जनगणतन्त्र चीनको विदेश मन्त्रालयले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका लागि जारी गरेको नीति दस्तावेजमा अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापनाका लागि ‘एक चीन नीति’ आधारभूत अनिवार्यता रहेको उल्लेख छ । चीनले बेइजिङमा रहेको कम्युनिष्ट सरकार मात्रै चीनको एकमात्र वैध नेतृत्वकर्ता रहेको बताउने गरेको छ ।

चीनले बारम्बार ताइवानलाई एकीकरण गरेरै छाड्ने बताउँदै आएको छ । ताइवानलाई गाभ्नका लागि आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ५ : ०८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै