चीनबाट इरान गइरहेको पानीजहाजमा अमेरिकी स्पेसल अपरेशन दस्ताको छापा « Khabarhub

चीनबाट इरान गइरहेको पानीजहाजमा अमेरिकी स्पेसल अपरेशन दस्ताको छापा


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनबाट इरानतर्फ गइरहेको पानीजहाजमा अमेरिकाको स्पेसल अपरेशन दस्ताले छापा मारेर कार्गो नियन्त्रणमा लिएको समाचार सार्वजनिक भएको छ । अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सका अनुसार हिन्द महासागरमा उक्त घटना भएको हो ।

इरानलाई आफ्नो सैन्य बल सुदृढ गर्नबाट रोक्नका लागि अमेरिकाले यस्तो कारवाही गरेको टाइम्सले उल्लेख गरेको छ । आणविक कार्यक्रमका कारण विश्व समुदायबाट अलग्गिएको इरानलाई दबाब दिन अमेरिकाले कारवाही सञ्चालन गरेको जनाइएको छ ।

केही महिनाअघि इरान र इजरयालबीच छोटो द्वन्द्व भएको थियो । १२ दिनसम्म चलेको द्वन्द्वमा १ हजारभन्दा धेरैले ज्यान गुमाएका थिए ।

उक्त द्वन्द्वमा इजरायलको पक्ष लिएर अमेरिकाले हवाई आक्रमण गर्दा इरानको आणविक कार्यक्रममा गम्भीर क्षति पुगेको थियो ।

पछिल्लो समय अमेरिकाले चीनबाट इरानतर्फ जाने पानीजहाजको सूक्ष्म निरीक्षण गरिरहेको छ । सोही क्रममा हिन्द महासागरको श्रीलंका टापुनजिकै अमेरिकी स्पेसल अपरेशन दस्ताले उक्त पानीजहाजमा छापा मारी कार्गो नियन्त्रणमा लिएको हो ।

कार्गो नियन्त्रणमा लिएपछि उक्त जहाजलाई छाडिएको थियो । उक्त कार्गोमा नागरिक र सैनिक दोहोरो प्रयोजनका लागि आवश्यक संदिग्ध सामान बरामद गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ७ : ३७ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००