टर्की-सिरिया तनाव: रूसी सेना सीमामा तैनाथ « Khabarhub

टर्की-सिरिया तनाव: रूसी सेना सीमामा तैनाथ


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरियाली कुर्दहरूलाई पछाडि हटाउने सहमति अनुरूप रुसी सेना टर्की-सिरिया सीमामा तैनाथ हुन थालेका छन् ।

सैन्य टुकडीहरू मुख्य सीमा शहरहरू कोबनी र मन्बिजमा प्रवेश गरेका बीबीसीले जनाएको छ ।

कुर्द लडाकुहरूलाई सो क्षेत्रबाट फिर्ता गराउने र सीमाबाट ३० किलोमिटर पर उनीहरूका अस्त्र पुर्‍याउने कार्यमा रूसी सैनिकले सघाउने बताइएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका टर्किश समकक्षी रेजेप तय्यीप एर्दोआनबीच मङ्गलवार भएको सहमतिले कुर्द लडाकुहरूलाई फिर्ता हुनका लागि बुधवार मध्याह्नबाट १५० घण्टाको समय उपलब्ध गराएको हो ।

टर्कीका फौजहरूले भने कुर्दविरूद्धको सैन्य कारबाहीमा कब्जामा लिएका क्षेत्रहरू आफ्नो नियन्त्रणमा राख्नेछन् । टर्कीको एउटा योजना सीमावर्ती भेगमा एउटा ‘सुरक्षित क्षेत्र’ बनाउनेछ जहाँ टर्कीमा रहेका बीस लाख शरणार्थीलाई पुनर्स्थापित गर्न सकिनेछ ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यस्तो सहमति भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ६ : ३९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार