११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ « Khabarhub

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ


११ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम गाँजासहित चारजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता मनिष थापाका अनुसार उनीहरूलाई शुक्रबार पक्राउ गरिएको हो ।

थाइल्यान्डको बैंककहुँदै एयर एसियाको उडान नं. एफडी १८२ को जहाजमा काठमाडौं आएका उनीहरूलाई शुक्रबार दिउँसो करिब २ बजे सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेस गौचर काठमाडौंले गाँजासहित नियन्त्रणमा लिएको हो ।

उनीहरूले ल्याएको लगेजमा कफी र चक्लेटको प्याकेटभित्र लुकाई छिपाई राखेको उक्त गाँजा सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थापाले जानकारी दिएका छन् । उनीहरू चारै जनालाई बरामद गाँजासहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  ९ : ४० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली