६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक « Khabarhub

६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका  ‘टाइगर’ सलमान खानले आफ्नो ६०औँ जन्मदिनमा फ्यानहरूलाई बहुप्रतीक्षित युद्ध–ड्रामा फिल्म ‘ब्याटल अफ गलवान’ को शक्तिशाली टिजर सार्वजनिक गर्दै सरप्राइज दिएका छन् । 

अपूर्वा लाखियाको निर्देशनमा बनेको यस फिल्मले सन् २०२० मा गलवान उपत्यकामा भएको ऐतिहासिक झडपलाई यथार्थपरक र गम्भीर शैलीमा पर्दामा उतार्ने संकेत दिएको छ ।

१ मिनेट १२ सेकेन्डको टिजर बरफले ढाकिएको गलवान क्षेत्रको शान्त दृश्यबाट सुरु भई केही क्षणमै भीषण हाताहाती युद्धमा परिणत हुन्छ। युद्धले थाकेको तर दृढ सैनिकको भूमिकामा देखिएका सलमानको लुक र मौन अभिनयले दर्शकको ध्यान खिचेको छ । टिजरको अन्त्यमा उनको संवाद ‘मौत से क्या डरना, उसे तो आना है’ ले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

यो फिल्म बन्दुकबिनै लडिएको संघर्ष, सैनिकहरूको साहस, बलिदान र सीमामा खटिएका जवानहरूको ‘मौन वीरता’लाई केन्द्रमा राखेर बनेको छ। सलमान खान फिल्म्स को ब्यानरमा निर्माण भएको  यो चलचित्र सन् २०२० मा देशका लागि ज्यान अर्पण गर्ने २० वीर सैनिकप्रति श्रद्धाञ्जली हो। 

१७ अप्रिल २०२६ मा रिलिज हुने तय भएको ‘ब्याटल अफ गलवान’ लाई फ्यानहरूले सलमान खानको सबैभन्दा ठूलो कमब्याक का रूपमा लिइरहेका छन्। देशभक्ति, यथार्थपरक एक्सन र भावनात्मक कथावस्तुका कारण यो फिल्म बक्सअफिसमा पनि ठूलो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ३५ बजे

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन ‘ए’

नेतृत्व छाड्ने दबाबबीच एमालेका पोस्टरबाट हराउन थाले केपी ओली

काठमाडौं- संसद्को नेस्रो दल नेकपा एमालेले यही वैशाख ९ गते

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवाद, उच्च अदालत जनकपुरले थाल्यो नयाँ अभ्यास

काठमाडौं– उच्च अदालत जनकपुर इजलासले सरकारी बाटो व्यक्तिले आफ्नो नाममा

चक्कु प्रहार गरी युवकको हत्या, कञ्चनपुर बिहेमा गएका १८ वर्षीय उज्जलको गयो ज्यान

हेन्द्रनगर– कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाहमा गएका युवकमाथि गएराती चक्कु

नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने डा. गंगोलको निधन

काठमाडौं– नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने वरिष्ठ चिकित्सक डा।दिनेश नाथ