६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक « Khabarhub

६०औँ जन्मदिनमा सलमान खानको सरप्राइज, ‘ब्याटल अफ गलवान’को दमदार टिजर सार्वजनिक


१३ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका  ‘टाइगर’ सलमान खानले आफ्नो ६०औँ जन्मदिनमा फ्यानहरूलाई बहुप्रतीक्षित युद्ध–ड्रामा फिल्म ‘ब्याटल अफ गलवान’ को शक्तिशाली टिजर सार्वजनिक गर्दै सरप्राइज दिएका छन् । 

अपूर्वा लाखियाको निर्देशनमा बनेको यस फिल्मले सन् २०२० मा गलवान उपत्यकामा भएको ऐतिहासिक झडपलाई यथार्थपरक र गम्भीर शैलीमा पर्दामा उतार्ने संकेत दिएको छ ।

१ मिनेट १२ सेकेन्डको टिजर बरफले ढाकिएको गलवान क्षेत्रको शान्त दृश्यबाट सुरु भई केही क्षणमै भीषण हाताहाती युद्धमा परिणत हुन्छ। युद्धले थाकेको तर दृढ सैनिकको भूमिकामा देखिएका सलमानको लुक र मौन अभिनयले दर्शकको ध्यान खिचेको छ । टिजरको अन्त्यमा उनको संवाद ‘मौत से क्या डरना, उसे तो आना है’ ले सामाजिक सञ्जालमा चर्चा चुलिएको छ ।

यो फिल्म बन्दुकबिनै लडिएको संघर्ष, सैनिकहरूको साहस, बलिदान र सीमामा खटिएका जवानहरूको ‘मौन वीरता’लाई केन्द्रमा राखेर बनेको छ। सलमान खान फिल्म्स को ब्यानरमा निर्माण भएको  यो चलचित्र सन् २०२० मा देशका लागि ज्यान अर्पण गर्ने २० वीर सैनिकप्रति श्रद्धाञ्जली हो। 

१७ अप्रिल २०२६ मा रिलिज हुने तय भएको ‘ब्याटल अफ गलवान’ लाई फ्यानहरूले सलमान खानको सबैभन्दा ठूलो कमब्याक का रूपमा लिइरहेका छन्। देशभक्ति, यथार्थपरक एक्सन र भावनात्मक कथावस्तुका कारण यो फिल्म बक्सअफिसमा पनि ठूलो चर्चा बटुल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ पुस २०८२, आइतबार  १२ : ३५ बजे

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म