नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ « Khabarhub

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । 

जेनजी प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको नौबास्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए। 

कारागारबाट फरार भएकामध्ये अझै ९३ जना कारगारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले बताए। तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो । अहिले कारागार आउने क्रम रोकिएको छ । त्यसैले उनीहरू खुला सिमानाको फाइदा उठाएर भारत गएको अनुमान भुसालले लगाए ।  

नौबस्ता बाल सुधारगृहबाट भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ । नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर भागेकाहरू हालसम्म ३९ जना मात्र पक्राउ परेको जानकारी दिँदै उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बताए। 

फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधारगृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर अझै ३९ जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधारगृहले जनाएको छ ।

जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जना बालबन्दीमध्ये ५८ जना पक्राउ परेका छन् । सुधार गृहका प्रमुख किशोर शर्माले केहीलाई पक्राउ गरिएको, केही अभिभावकले ल्याएको र केहीले आफैँ आत्मसर्पपण गरेको जानकारी दिए । सो सुधारगृहमा अझै ५७ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदीबन्दी नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको उल्लेख गर्दै फरार भएका अधिकांश भारतमा लुकेको हुन सक्ने बताए । 

नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
 

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ३ : ४६ बजे

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका