उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे « Khabarhub

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे


१४ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम टुङ्ग्याइरहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङलाई जेन-जी अभियन्ता भन्ने सुदन गुरुङले फिल्मी शैलीमा लिएर गएको खुलेको छ।

समानुपातिकको बन्दसूची बनाइरहेका कुलमानलाई सुदनले बैठकस्थलबाटै उठाएर आफ्नो गाडीमा लगेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह भएको कमल पोखरीस्थित एक घरमा लगेको ती नेताले बताएका छन् ।

‘हामीले बुझेअनुसार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटाउन लानुभएको रे सुदनजीले’, बैठकमा सहभागी उज्यालो नेपाल पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘हामी त अक्क न बक्क भयौँ। सिनेमामा देखिएको जस्तै दृश्य सुदनले बैठकस्थलमै देखाए। उहाँहरू कुन घरमा वार्तामा हुनुहुन्छ भन्ने हामीलाई जानकारी छैन।’

सुदन काउन्सिल अफ जेन-जीका केन्द्रीय संयोजक हुन् । उनले वैकल्पिक र नयाँशक्तिहरू मिल्नुपर्ने बताउँदै आएका छन् । यसअघि रवि र बालेन ज्वागलमा वार्ता गरिरहँदा पनि सुदनले कुमार बेनको घरमा ताला लगाइदिएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८२, सोमबार  ६ : १३ बजे

विष्णु पौडेल पक्राउबारे एमालेले भन्यो : सरकारले अपहरणको शैलीमा गिरफ्तार गर्‍यो, डटेर सामाना गर्छौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल