ताइवानतिर चीनले हान्यो रकेट « Khabarhub

ताइवानतिर चीनले हान्यो रकेट


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले ताइवानतर्फ रकेट प्रक्षेपण गरेको छ । सैन्य अभ्यासका क्रममा चीनले ताइवानतर्फ रकेट प्रहार गरेको हो ।

चिनियाँ जनमुक्ति सेनाको पूर्वी थिएटर कमाण्डले ताइवान टापु आसवासका ५ स्थानमा सैन्य अभ्यास जारी रहेको जानकारी दिएको छ । अभ्यास हवाई र जलक्षेत्रमा केन्द्रित रहेको जनाइएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ जनमुक्ति सेनाले अभ्यासका क्रममा सैनिकहरुले हवाई तथा जलक्षेत्रमा रहेका सैन्य निशानालाई लक्षित गरी आक्रमण गर्ने प्रशिक्षण लिएका थिए । त्यसबाहेक पनडुब्बी प्रतिरोधी कारवाहीको पनि प्रशिक्षण लिइरहेको जनाइएको छ ।

अमेरिकाले ताइवानलाई ११ अर्ब १० करोड डलर बराबरका हतियार तथा सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेपछि चीनले अभ्यास गरेको हो । यसलाई चिनियाँ जनमुक्ति सेनाले गरेको हालसम्मकै सबैभन्दा वृहद अभ्यास ठानिएको छ ।

लोकतान्त्रिक शासन व्यवस्था रहेको ताइवानमाथि साम्यवादी मुलुक चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । ताइवानलाई आफ्नो मातहत ल्याउन आवश्यक परे बल प्रयोग गर्ने चिनियाँ नीति रहिआएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १२ : ५१ बजे

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र

२४ वर्षअघिको तीतो सम्झना ताजै : सेनेगलसँग खेल्दै फ्रान्स

काठमाडौं– फ्रान्स र सेनेगलले फिफा विश्वकपमा एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४