स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह « Khabarhub

स्वास्थ्य सामग्रीको विवरण उपलब्ध गराउन औषधि व्यवस्था विभागको आग्रह


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको औषधि व्यवस्था विभागले प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण उपलब्ध गराउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ ।

विभागले जारी गरेको अत्यन्त जरुरी सूचनामा प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरणको उत्पादन, निकासी, पैठारी वा बिक्री–वितरणको गुणस्तर कायम गर्न तथा त्यसको प्रभावकारी अनुगमन र निरीक्षणलाई व्यवस्थित गर्न ‘प्रत्यारोपणयोग्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका, २०७४’ लागू भइसकेको जनाएको छ ।

सूचनाअनुसार अर्थोपेडिक इम्प्लान्ट, इनभिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने स्वास्थ्य सामग्री हृदय तथा शल्यक्रियाजन्य वस्तुहरूजस्ता स्वास्थ्य सामग्री तथा उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्महरूले तोकिएको विवरण विभागमा बुझाउनुपर्नेछ।

विभागले स्वदेशी उत्पादकको नाम र ठेगाना, पैठारीकर्ताको नाम र ठेगाना, उत्पादकको नाम र ठेगाना तथा स्वास्थ्य सामग्री र उपकरणको नाम स्पष्ट रूपमा उल्लेख गरी विभागको  सूचना प्राप्त भएको मितिले ७ दिनभित्र विवरण पठाउन आग्रह गरेको छ ।

सम्बन्धित सरकारी कार्यालयहरूलाई यस सूचनाको कार्यान्वयनमा सहयोग गर्नसमेत विभागले अनुरोध गरेको छ । सूचना औषधि व्यवस्था विभागका महानिर्देशकद्वारा जारी गरिएको हो ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ३८ बजे

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई

चोरी गरेको ६५ लाख रकमसहित एक युवक पक्राउ

दाङ– दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५

बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका

रास्वपाका समानुपातिक उम्मेदवार : पहिले दाइको पालो, अहिले भाइको पालो

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि