प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’ « Khabarhub

प्रभावकारी बन्दै ‘श्रम साकेला अभियान’


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ – साकेला गाउँपालिकाले सञ्चालन गरेको ‘श्रम साकेला अभियान’ अन्तर्गत सोमबार वडा नं ३ खिदिमास्थित मानेभञ्ज्याङ–पाँचधारे सडकखण्डमा सरसफाइ गरिएको छ । साविक खिदिमा गाविस वडा नं ६ ढाँडे टोलका २१ जना स्थानीयको सहभागितामा करिब दुई किलोमिटर सडक सरसफाइ गरिएको हो ।

सडकको दायाँ–बायाँ फैलिएका झाडी तथा विभिन्न प्रजातिका बोटबिरुवा र भलबाढीका कारण थुनिएका नालीले सडक साँघुरो बनाएपछि स्थानीयवासी स्वस्फुर्त जनश्रमदानमा जुटेका छन् । स्थानीय नागरिकले गाउँपालिकाले गरेको जनश्रमदानसम्बन्धी नीतिगत निर्णयलाई व्यवहारमा उतार्दै नियमित रूपमा श्रमदानमार्फत विकास निर्माणका कार्य अघि बढाइरहेका छन् । 

विशेषगरी वडा नं ३ खिदिमाका नागरिकले ‘आफ्नो गाउँ आफै बनाऔँ’ भन्ने मूल उद्देश्यसहित निरन्तर श्रमदान अभियान सञ्चालन गर्दै आएका छन् । जनश्रमदान अभियानलाई अझ प्रभावकारी बनाउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहँदै आएको छ । 

खिदिमाको साविकका पुङ्मा, किवा, ढाँडे, बोपुङ, सौरे, लामिडाँडा, हात्तीसुँडे, कोक्रा लगायतका विभिन्न टोलमा जनश्रमदानमार्फत सडक, सार्वजनिक स्थल तथा पाटीपौवा सरसफाइ सम्पन्न भइसकेको छ । अभियान सञ्चालन गर्न बाँकी टोलमा पनि निरन्तर श्रमदान अभियान सञ्चालन गरिने वडा नं ३ का अध्यक्ष गोविन्द तामाङले जानकारी दिए। 

जनप्रतिनिधि र नागरिकबीचको सहकार्यबाट सञ्चालन भइरहेको ‘श्रम साकेला अभियान’ गाउँपालिकामा विकास, सरसफाइ र सामुदायिक एकताको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ । यस्तै वडा नं १ बाँझेच्यानडाँडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको सहभागितामा वडा कार्यालय परिसरमा सरसफाइ गरिनाका साथै सडकको नाली सरसफाइ गरिएको पूर्ण सरसफाइ कार्यक्रम उत्प्रेरक पुष्पा राईले जानकारी दिएका छन् । 

जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वडामात्र रहेको) यो गाउँपालिकाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयवासीले समेत सक्रिय भूमिका निर्वाह गरेका छन् । श्रमदानमा सहभागीले खाना तथा खाजाको व्यवस्थासमेत आफै गर्ने गरेको वडाध्यक्ष तामाङले जानकारी दिएका छन् । 

श्रमदान अभियानकै क्रममा खिदिमास्थित बोरा टोल र मखमले टोलका स्थानीयले जनश्रमदानमार्फत काठको साँघु निर्माण गरी आवत–जावतलाई सहज बनाएका छन् । वर्षौंदेखि दैनिक आवागमनमा समस्या उत्पन्न गराउँदै आएको स्थानीय बोरा खोलामा करिब १५ मिटर लामो काठको साँघु निर्माण गरिएको हो ।

विशेषगरी विद्यालय जाने विद्यार्थी, स्वास्थ्य सेवा लिन जाने नागरिक, वडा कार्यालय तथा गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने सेवाग्राही वर्षायाममा अत्यन्तै जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका थिए । वर्षाको समयमा आउने भलबाढीले खोलाको बहाव तीव्र हुँदा पैदल हिँड्डुलसमेत असम्भव जस्तै बन्दै आएको अवस्थामा स्थानीय आफैँ अग्रसर भएर समस्या समाधानतर्फ उन्मुख भएका हुन् । 

स्थानीयको सक्रिय सहभागिता र आपसी सहकार्यमा सम्पन्न गरिएको उक्त साँघु निर्माण कार्यले समुदायभित्र विकासप्रति बढ्दो चेतना र आत्मनिर्भरता झल्काएको गाउँपालिका प्रमुख रविप्रकाश राईले बताए । सीमित स्रोतसाधनका बाबजुद पनि साझा समस्या समाधानका लागि स्थानीयवासी एकताबद्ध भएर श्रमदानमा जुट्नुले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने भावनालाई व्यवहारमा उतारेको गाउँपालिका प्रमुख राईले जानकारीले दिए ।

बर्सेनि आउने भलबाढीका कारण खोला तर्न नसक्दा यस क्षेत्रका बालबालिका, वृद्धवृद्धा, महिला तथा बिरामी नागरिक सबैभन्दा बढी प्रभावित हुँदै आएका थिए । अब भने काठको साँघु निर्माणसँगै जोखिमपूर्ण यात्रा अन्त्य भई आवागमन सुरक्षित र सहज हुनेमा स्थानीयले विश्वास व्यक्त गरेका छन् । 

जनश्रमदान, सहकार्य र स्थानीय नेतृत्वको प्रभावकारी समन्वयबाट निर्माण भएको यो साँघुले गाउँपालिकाको समग्र विकास यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको उपप्रमुख बिर्सिका राईले जानकारी दिए । गाउँपालिकाले सुरु गरेको ‘श्रम साकेला अभियान’को नीतिगत निर्णयले गाउँपालिकामा सामुदायिक विकासको सशक्त उदाहरण स्थापित हुँदै गएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १ : ५९ बजे

नागरिकको सहयोगले जेन–जी आन्दोलनमा लुटिएका अधिकांश हतियार फिर्ता आइसके : आईजीपी कार्की

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको साथ र सहयोगका कारण

फ्लोरिडा वार्तापछि ट्रम्पलाई इजरायल शान्ति पुरस्कार दिने नेतान्याको घोषणा

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार फ्लोरिडामा दुई नेताहरू बिचको

बालेनलक्षित ओलीको टिप्पणी : प्रधानमन्त्री जस-जसले बाँडे पनि एमाले-कांग्रेसकै बहुमत आउँछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैलाई प्रधानमन्त्री, कसैलाई

चोरी गरेको ६५ लाख रकमसहित एक युवक पक्राउ

दाङ– दाङको तुलसीपुर उपमहनगरपालिका–६ गोलौराका एक युवकलाई चारी गरेको ६५

बालेन र रविमाथि एकसाथ खनिएका ओलीले गरे टोपबहादुरको बचाउ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीका