एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल « Khabarhub

एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा एउटा पेस्तोल भेटिएको छ।

पार्टी कार्यालय परिसर सफाइका क्रममा मंगलबार पेस्तोल फेला भेटिएको हो। भेटिएको उक्त पेस्तोल प्रहरीलाई बुझाइएको छ।

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङका अनुसार तुलसीलाल स्मृति भवनको पश्चिम गेटको अगाडितर्फको भागमा प्रहरीले प्रयोग गर्ने पेस्तोल भेटिएको हो। प्रहरीले उक्त पेस्तोल लिइसकेको पनि गुरुङले खबरहबलाई जानकारी दिए।

‘म बाहिर भएकाले थप विवरण थाहा भएन, तुलसीलाल स्मृति भवनतिरको पश्चिम गेटको अगाडितर्फ पेस्तल भेटिएको सूचना आएको छ’, गुरुङले खबरहबलाई भने ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार प्रहरीको टोली त्यहाँ पुगेर पेस्तोल लिएको छ । उनका अनुसार उक्त पेस्तोल प्रहरीकै भएको खुलेको छ।

अधिकारीका अनुसार गोलीबिनाको पेस्तोल ललितपुर प्रहरीले लगेको छ। ‘सामान्य मुचुल्का बनाएर प्रहरीले पेस्तो लानुभएको छ। पुरानो पेस्तोल थियो, गोली थिएन’, अधिकारीले खबरहबलाई भने, ‘सरसफाइ गर्ने क्रममा भेटिएको हो । कसले राख्यो भन्ने थाहा भएन । प्रहरीले हाम्रै हो भन्नुभयो।’

गत भदौ २४ गतेको जेन-जी आन्दोलनका बेला पेस्तोल भेटिएको स्थाननजिकै एउटा गाडीसमेत जलेको थियो।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : २८ बजे

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा