एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल « Khabarhub

एमाले केन्द्रीय कार्यालय परिसरमा भेटियो पेस्तोल


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- ललितपुरको च्यासलस्थित नेकपा एमालेको केन्द्रीय कार्यालय परिसरमा एउटा पेस्तोल भेटिएको छ।

पार्टी कार्यालय परिसर सफाइका क्रममा मंगलबार पेस्तोल फेला भेटिएको हो। भेटिएको उक्त पेस्तोल प्रहरीलाई बुझाइएको छ।

एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङका अनुसार तुलसीलाल स्मृति भवनको पश्चिम गेटको अगाडितर्फको भागमा प्रहरीले प्रयोग गर्ने पेस्तोल भेटिएको हो। प्रहरीले उक्त पेस्तोल लिइसकेको पनि गुरुङले खबरहबलाई जानकारी दिए।

‘म बाहिर भएकाले थप विवरण थाहा भएन, तुलसीलाल स्मृति भवनतिरको पश्चिम गेटको अगाडितर्फ पेस्तल भेटिएको सूचना आएको छ’, गुरुङले खबरहबलाई भने ।

एमाले कार्यालय सचिव भीष्म अधिकारीका अनुसार प्रहरीको टोली त्यहाँ पुगेर पेस्तोल लिएको छ । उनका अनुसार उक्त पेस्तोल प्रहरीकै भएको खुलेको छ।

अधिकारीका अनुसार गोलीबिनाको पेस्तोल ललितपुर प्रहरीले लगेको छ। ‘सामान्य मुचुल्का बनाएर प्रहरीले पेस्तो लानुभएको छ। पुरानो पेस्तोल थियो, गोली थिएन’, अधिकारीले खबरहबलाई भने, ‘सरसफाइ गर्ने क्रममा भेटिएको हो । कसले राख्यो भन्ने थाहा भएन । प्रहरीले हाम्रै हो भन्नुभयो।’

गत भदौ २४ गतेको जेन-जी आन्दोलनका बेला पेस्तोल भेटिएको स्थाननजिकै एउटा गाडीसमेत जलेको थियो।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : २८ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र