‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’ « Khabarhub

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार बन्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
      
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘समन्वय र सहमतिका लागि सरोकार भएकाहरूबीच’ संवाद विषयक अन्तरक्रियामा विकासका मुद्दामा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिइएको हो ।
      
पूर्वसांसद तथा नेपाली कम्युनिष्ट पार्टीका नेता अञ्जना बिसंखेले पुराना राजनीतिक दलहरू थप जिम्मेवार नबने निर्वाचनपछिको अवस्था झन जटिल बन्न सक्ने धारणा राखिन् ।
      
विश्लेषक डा. इन्द्रा अधिकारीले राजनीतिक क्षेत्रमा अपेक्षित परिवर्तन नआएको उल्लेख गर्दै जेन-जी पुस्ता र अघिल्लो पुस्ताको सोचमा फरक रहेको बताइन्। उनले सत्तामा रहेका व्यक्तिका सन्तानले सहज रूपमा सेवा–सुविधा पाउने तर आम युवाले नपाउने अवस्थाले असन्तोष बढाएको धारणा राखिन् ।
      
अनुसन्धानकर्ता रीता साहले सत्तामा रहेका व्यक्तिले सत्ता जोगाउन जनभावनासँग खेल्ने गरेको उल्लेख गर्दै वर्तमान सरकारले पनि युवालाई स्वीकार्न नसकेको धारणा राखिन्। उनले चुनाव नजिकिँदै गर्दा बन्ने गठबन्धन पितृसत्तात्मक रहेको र त्यसमा महिलाको सहभागिता न्यून भएको भन्दै विरोध जनाइन् । 
      
गैरसरकारी संस्था महासङ्घका महासचिव देवी खड्काले सामाजिक सद्भाव कायम गर्न अपरिहार्य रहेको बताइन्। उनले राज्यसत्तामा रहेका व्यक्तिहरूले युवाको सोचअनुसार अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै निर्वाचन आचारसंहिता र यसका मूल्य–मान्यता नागरिकसम्म पुर्‍याउनुपर्नेमा जोड दिइन् ।
      
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सुशासन, भ्रष्टाचारविरुद्ध आवाज उठाउन भएको जेन-जीको आन्दोलन नसकिएको भन्दै जेनजीसँग भएका सम्झौतालाई दलहरूले पनि स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ५ : ५५ बजे

स्वास्थ्य क्षेत्रमा भएका बेथितिहरूविरुद्ध पुनः अनसन बस्ने डा. केसीको चेतावनी 

काठमाडौं– वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा गोविन्द

विश्वकप फाइनलमा सबैभन्दा धेरै खेलाडी एट्लेटिको म्याड्रिडका, बार्सिलोना दोस्रो स्थानमा

काठमाडौं– फिफा विश्वकपको फाइनलमा अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदै गर्दा

रोमाञ्चक बन्दै गोल्डेन बुटको होड, तेस्रो स्थानको खेलले बदल्न सक्छ विजेता

काठमाडौं– २०२६ फिफा विश्वकपको उपाधि दौडबाट फ्रान्स र इङ्ग्ल्यान्ड बाहिरिए पनि

जब मेस्सीलाई बेलिङ्घमले मैदानमै भने : तिम्रो समय सकियो, अब हाम्रो पालो हो

काठमाडौं– इङ्ग्ल्यान्डविरुद्धको विश्वकप सेमिफाइनलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र इङ्ग्लिस

पुँजीगत खर्चको प्रवृत्ति विगतको भन्दा कमजोर, राजस्व लक्ष्यको ८४ प्रतिशत मात्र संकलन

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ मा सरकारको पुँजीगत खर्च गत आर्थिक