भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली « Khabarhub

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो जीवन यात्रालाई मार्गदर्शन गर्ने भोटे दमाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै आईजीपी कार्कीले भोटे दमाईसँगको सम्बन्ध केवल औपचारिक नभई आफ्नो जीवन यात्रासँग गहिरो रूपमा जोडिएको बताएका छन्। उनले सानै उमेरमा काठमाडौं आउँदा भोटे दमाईले सिलाइदिएको च्यातिएको झोला बोकेर आएको स्मरण गर्दै त्यस सानो सहयोगले आफ्नो शिक्षा र जीवनको दिशामा ठूलो भूमिका खेलेको उल्लेख गरेका छन्।

‘उहाँको योगदान अतुलनीय र अविस्मरणीय छ,’ आईजीपी कार्कीले लेखेका छन्, ‘उहाँको सानो सहयोगले मेरो जीवन यात्रामा गहिरो प्रभाव पारेको छ, जुन म कहिल्यै भुल्न सक्दिनँ।’

महानिरीक्षक केसीले दिवंगत भोटे दमाईको आत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा परिवारजन, आफन्त तथा शुभचिन्तकप्रति नेपाल प्रहरी परिवार र व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन्।

सन्देशमा उनले भोटे दमाईले देखाएको साधारण सीप, सेवा भावना र मानवीय सद्भावना सधैं स्मरणीय रहने उल्लेख गर्दै उनको योगदानलाई सम्मानपूर्वक स्मरण गरेका छन्। भोटे दमाईको निधनले स्थानीय समुदायसहित उनीसँग जोडिएका धेरैलाई गहिरो शोकमा पारेको छ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  १० : ४८ बजे

लेन्देको बाढीले अझै अस्तव्यस्त रसुवा भन्सार यार्ड (तस्बिरहरू) 

एजेन्सी– चीनसँगको प्रमुख उत्तरी व्यापारिक नाका रसुवागढीस्थित रसुवा भन्सार कार्यालयको

मास्टर्नी गीतले प्रियंका र दुर्गेशको आलोचना, शिक्षक महासङ्घको कडा आपत्ति

काठमाडौं– नेपाल शिक्षक महासङ्घले चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक गीतप्रति आपत्ति

मिटरब्याज पीडित र सरकारबीच आजै सम्झौता पत्रमा हस्ताक्षर हुँने

काठमाडौं– आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै

श्रीलंकामा पुगेर प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा 

कोलम्बो– नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु

एजेन्सी– उत्तरी पेरुको पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान सडकबाट तल खोलामा