काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो जीवन यात्रालाई मार्गदर्शन गर्ने भोटे दमाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै आईजीपी कार्कीले भोटे दमाईसँगको सम्बन्ध केवल औपचारिक नभई आफ्नो जीवन यात्रासँग गहिरो रूपमा जोडिएको बताएका छन्। उनले सानै उमेरमा काठमाडौं आउँदा भोटे दमाईले सिलाइदिएको च्यातिएको झोला बोकेर आएको स्मरण गर्दै त्यस सानो सहयोगले आफ्नो शिक्षा र जीवनको दिशामा ठूलो भूमिका खेलेको उल्लेख गरेका छन्।
‘उहाँको योगदान अतुलनीय र अविस्मरणीय छ,’ आईजीपी कार्कीले लेखेका छन्, ‘उहाँको सानो सहयोगले मेरो जीवन यात्रामा गहिरो प्रभाव पारेको छ, जुन म कहिल्यै भुल्न सक्दिनँ।’
महानिरीक्षक केसीले दिवंगत भोटे दमाईको आत्माको चिरशान्तिको कामना गर्दै दुःखको यस घडीमा परिवारजन, आफन्त तथा शुभचिन्तकप्रति नेपाल प्रहरी परिवार र व्यक्तिगत तर्फबाट समवेदना व्यक्त गरेका छन्।
सन्देशमा उनले भोटे दमाईले देखाएको साधारण सीप, सेवा भावना र मानवीय सद्भावना सधैं स्मरणीय रहने उल्लेख गर्दै उनको योगदानलाई सम्मानपूर्वक स्मरण गरेका छन्। भोटे दमाईको निधनले स्थानीय समुदायसहित उनीसँग जोडिएका धेरैलाई गहिरो शोकमा पारेको छ।













प्रतिक्रिया