उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’  « Khabarhub

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्टि व्यक्त गरेकी छिन् ।

कार्कीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीले समानुपातिकमा छनोट गरेको सूचीप्रति असन्तुष्टि जनाउँदै विपन्न समुदायलाई स्थान नदिएको गुनासो गरेकी छिन् ।

समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको उल्लेख गर्दै उनले पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको ‘भाईटल पोस्ट’मा हुनेहरू नै समानुपातिक सूचीको लागी आकाङ्क्षी हुनु अशोभनीय भएको बताएकी छिन् । 

उनले भनेकी छिन्– ‘सूचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सूचीले कर्णाली बोल्नुपर्छ । सुदूरपश्चिम बोल्नुपर्छ। सूचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको ‘भाईटल पोस्ट’मा हुनेहरू नै समानुपातिक सूचीको लागी आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु, बनाइनुले समानुपातिक प्रणालीको औचित्यमाथि नै प्रश्न गरेको छ ।’  

उनले पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा राख्न नहुने पनि उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्– ‘फेरी विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ ‘पोजिसन अफ बेनिफिट’मा हुन्छन् । चाहे प्राईमेरीको भोटिङमा होस् या इभ्यालुएसनमा ।’

कार्कीले पार्टीको पदमा पनि बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सूचीमा त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा फरक नभएको टिप्पणी गरेकी छिन् ।

उनले ‘भाइटल पोजिसन’मा बस्नेहरूले प्रत्यक्ष चुनाव लड्ने हिम्मत राख्नुपर्ने उल्लेख गर्दै किन डराएको भनी प्रश्न गरेकी छिन् ।

उनले लेखेकी छिन्– ‘अहिले त झन् पार्टी यति ठूलो भएको छ, साथीहरू किन डराउनुभएको ? कति असुरक्षित महसुस गर्नुभएको ? सचिवालय सदस्य र पदाधिकारीहरू नै चुनाव लड्न डराउनुभयो भने अरुले के गर्ने ?’

उनले रास्वपाले साँच्चिकै उदाहरणीय नेतृत्व गर्ने हो भने सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आआफ्नो नाम समानुपातिकको सूचीबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने बताएकी छिन् । समानुपातिकको सूचीमा आफन्तवाद र नातावादलाई पूर्णरूपले निषेध गरिनुपर्ने उनको धारणा छ ।

 

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ८ : ४२ बजे

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना

गगनलाई नेताहरूको सुझाव : पूर्वसभापति देउवासँग अन्तिम पटक संवाद गर्नुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शेरबहादुर देउवालाई पार्टी प्रणालीभित्र

अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै, संघतर्फ भूमि व्यवस्था र संघीय मामिलाका उच्च

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा

नौ लाख रुपैयाँ घुससहित समातिए नापीका टोली प्रमुख वली

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय डिल्लीबजारअन्तर्गत ३ नं.