आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला « Khabarhub

आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी : शेखर कोइराला


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाका लागि मेलमिलाप नै महत्वपूर्ण भएको बताएका छन् ।

तत्कालीन समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशिल भू राजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्ण राख्न बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।

उनले सन्देशमा भनेका छन्– ‘आज पाँच दशकपछि फेरी विश्वमा महाशक्ति राष्ट्रहरूको दवाव र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दैछौँ । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बीपीको विचारलाई फेरी एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ ।’

कोइरालाले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको पनि प्रष्ट पारेका छन् । उनले राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीति भन्दामाथि सार्वभौम सम्पूर्ण नेपालीहरूको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको तर्क छ ।

उनले भनेका छन्– ‘राष्ट्रिय एकता र मेलमिलापले मात्र हामीले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौँ भनी बीपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्देश्य र साझा प्रतिवद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।’

कांग्रेस भित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुड्किलो मात्र नभइ राष्ट्रको आवश्यक तत्व भएकोमा सबैले मनन गर्न जरुरी रहेको कोइरालाको भनाइ छ ।   

कोइरालाले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भिर तथ्यमा चुक्यौँ भने हामी भूमिका विहीन हुने खतरा रहन्छ ।’

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  १० : २८ बजे

उद्धार र उपचार नपाई मर्छन् वन्यजन्तु

झापा – संरक्षित वन्यजन्तुहरू मानव बस्तीमा पस्ने क्रम बढेसँगै तिनको

यस वर्ष विपद्बाट ७० जनाको मृत्यु

काठमाडौं – विसं २०८३ को वैशाखयता आजसम्म भएका एक हजार

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध

म्याग्दी – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्ड

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ

काठमाडौं – नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको

मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक