दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय   « Khabarhub

दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय-रश्मिकाको विवाह तय  


१७ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोण्डा र रश्मिका मन्दाना लामो समयको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् । 

भारतीय मिडिया अनुसार यो जोडी फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा दुवै परिवार र नजिकका साथीहरूको उपस्थिति विवाह समारोह गर्ने तयारीमा छ ।  विवाहपछि यी जोडीले हैदराबादमा चलचित्र उद्योगका सदस्यहरूको लागि भव्य रिसेप्सन भोज आयोजना गर्ने सम्भावना पनि छ ।

गत अक्टोबर ३ मा उनीहरूको इन्गेजमेन्ट सम्पन्न भएको थियो, जसमा परिवारका सदस्यहरू मात्र सहभागी थिए । यद्यपि, विजय र रश्मिकाले अहिलेसम्म विवाहको मितिबारे आधिकारिक पुष्टि गरेका छैनन् । 

पर्दामा पनि यो जोडी अत्यन्तै लोकप्रिय छ । उनीहरूले सँगै काम गरेका ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ जस्ता चलचित्रहरू व्यावसायिक रूपमा सफल भएका थिए । 

हाल विजय चलचित्र ‘किङडम’ मा देखिएका छन् भने रश्मिका सलमान खानको ‘सिकन्दर’, आयुष्मान खुरानाको ‘थामा’ र तेलुगु चलचित्र ‘द गर्लफ्रेन्ड’ मा सक्रिय छिन् ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहीबार  १२ : २८ बजे

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएन : स्मिथ

एजेन्सी– सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा

समानुपातिक बन्दसूचीलाई लिएर ललितपुरको तीनै क्षेत्रका कांग्रेसीजन असन्तुष्ट

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको बन्दसूचीप्रति ललितपुर

जब सौगातलाई पूर्वप्रेमिकाले दाइ भनिन्…

काठमाडौं – लामो समय ‘ओपन रिलेसन’मा बसेका नायक सौगात मल्ल

अपडेट : क्रान्स मोन्टानामा बार आगलागी, ४० जनाको मृत्यु

एजेन्सी– नयाँ वर्षको पूर्वसन्ध्यामा स्विस स्की रिसोर्ट सहर क्रान्स मोन्टानामा

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा १७ लाख १६ हजार मतदाता

अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि