निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह « Khabarhub

निर्वाचन आउन ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।

निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।

आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्य अभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१-८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।

हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोडबराबरको हुनुपर्नेछ । ट्रक तथा कन्टेनर भाडामा दिनेले रु एक करोड र कुरियर सेवाका लागि रु ३० लाखबराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ । 

कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ । 

एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ ।
 

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : १५ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान